ट्रेन्डीङ्ग

अखिल(क्रान्तिकारी)द्वारा गोर्खामा एमसिसि विरुद्ध प्रदर्शन

रमाकान्ता बास्तोला,साउन २९ गोरखा । विप्लव नेतृत्वको कम्यूनिष्ट पार्टी निकट विध्यार्थी संगठन अखिल (क्रान्तिकारी)द्वारा गोर्खामा बिरोध प्रदर्शन गरेको छ ।सरकारद्वारा जारी गर्न लागीएको एमसीसी सम्झौता बिरुद्द अखिल (क्रान्तिकारी) गोर्खाले बिरोध प्रदर्शन गरेको हो ।

गोरखाको बसपार्क देखि हरमटारी बजारसम्म राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर भन्ने मुल नाराका साथ विरोध प्रदर्शन सहित कोण सभा गर्दै एमसीसी सम्झौता बिरुद्द र्याली निकालिएको थियो ।

उत्त बिरोध प्रदर्शन कार्यक्रममा अखिल (क्रान्तिकारी) गोरखा जिल्लाका अध्यक्ष गगन परियारको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष परियारले राष्ट्रघाती एमसीसी सम्झौता कुनै पनि हालतमा पास हुन नदिने र यदि यो दलाल संसदीय व्यवस्थाका दलालहरुले राष्ट्रको हित बिपरीत रहेको एमसीसी सम्झौता पारीत गर्न खोजेमा त्यसको विरुद्धमा कडा संघर्षमा उत्रने बताएका छन् । साथै परीयारले आमजनता र विध्यार्थीहरुको स्वास्थ्यको ग्यारेन्टी लिइ तत्काल बड्दै गइरहेको कोरोना भाइरसको खोप सबैलाई उपलब्ध गराउन समेत अपिल गरेका थिए ।

कार्यक्रम सञ्चालन अखिल (क्रान्तिकारी) गोरखा जिल्लाका सचिव खिम गुरुङले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?