ट्रेन्डीङ्ग

अखिल(क्रान्तिकारी)त्रीयुगा नगर सम्मेलन सम्पन्न,अध्यक्षमा जानकी खत्री निर्वाचित

साउन २९ उदयपुर । विप्लव नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारि )त्रियुगा नगर सम्मेलन सम्पन्न भएको छ। गाइघाट बजारमा सम्पन्न सम्मेलनले जानकी खत्रीको अध्यक्षतामा १९ सदस्यीय नगर कमिटी निर्वाचित गरेको छ ।

नेकपाले सरकारसँग तिन बुदे सहमति संगै प्रतिबन्ध फुकुवा भए संगै पार्टिका सबै जबसहरु बैठक,भेला र सम्मेलनलाइ तिब्र बनाएको छ।

कोरोना माहामारिको बाबजुद पनि भब्य उपस्थिति सहित भएको सम्मेलनको प्रमुख अतिथि पार्टीको सेक्रेटरी लक्ष्मण पौड्याल र अतिथिहरु त्रियुगा नगर पार्टी इन्चार्ज मिन प्र. पोख्रेल, जिल्ला पार्टी कार्यलय सचिब दुर्गा तामाङ र विद्यार्थी संगठनको जिल्ला अध्यक्ष देहज क्षेत्रिको उपस्थित रहेको थियो ।

कार्यक्रममा बोल्दै लक्ष्मण पौड्यालले विद्यार्थीहरु देशको कर्णधार भएकोले देशलाइ अप्ठेरो परेको बेला विद्यार्थीहरु एकढिक्का भएर जुट्नु पर्ने बताए।

अहिलेको दलाल पुजीवादी राज्यब्यबस्था कारण देशको स्वाधीनता, जनजिबिका र जनतन्त्र ठुलो संकट परेको बताए। यो अबस्थामा पार्टीले अगाडि बढाएको प्रगति संयुक्त सरकार,जनमत सङ्ग्रह र बैज्ञानिक समाजबादको निति उत्तम बिकल्प रहेको र जिल्लाभरि सबै जनतालाइ बैज्ञानिक समाजबादको दिशामा ध्रुबिकृत गर्ने र त्यो अभियानमा विद्यार्थीले महत्वपूर्ण भुमिका निर्बाह गर्न जोड दिनु भयो।

त्यसैगरि विद्यार्थी अध्यक्ष देहज क्षेत्रिले नेपालको गलत शिक्षाको कारण नेपालि युवा विद्यार्थीको भबिष्य अन्धकार भएको र यस्को बैकल्पिक शिक्षा बैज्ञानिक समाजबादि शिक्षा प्राप्तिको दिशामाअखिल (क्रान्तिकारि)अगाडि बढेकोले सबै विद्यार्थीहरु एकपटक कम्मर कसेर लाग्न अपिल गर्नुभयो।

सम्मेलनबाट निर्बाचित सबै सदस्यहरु उत्साहित भएको र दृढतापुर्बक अघि बढ्ने प्रतिबद्धता जनाएको निर्बाचित अध्यक्ष खत्रिले बताइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal