ट्रेन्डीङ्ग

अखिल(क्रान्तिकारी)सिटिभिटिद्वारा बार्षिक प्रकाशन सार्वजनिक,प्रज्वल शाहिको जिवनी समावेश

काठमाडौ ।अखिल ( क्रान्तिकारी) सिटिइभिटी उपत्यका जिल्ला समितिको बार्षिक प्रकाशनको पहिलो अंक सार्वजनिक भएको छ ।

एकिकृत जनक्रान्तिका शहिद प्रज्वल शाहिको सम्झना तथा सम्मानमा समर्पण“प्रज्वल”नामक पुस्तकमा उहाको जिवनि, संगठनको सातौँ जिल्ला सम्मेलनमा प्रस्तुत राजनैतिक प्रतिवेदन,बिभिन्न गतिविधिका फोटोहरु महत्वपुर्ण लेखरचना आदि समावेस गरीएको छ।

सिटिइभिटी उपत्यका जिल्लाको प्रकाशन “प्रज्वल” सार्वजनिक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै ने क पा केन्द्रिय सचिवालय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि शन्तोष बुढा “बिषम”ले हालको आयातित शिक्षा पद्धतिद्वारा नेपालको कुनैपनि समस्याको हल नहुने बताउँदै शिक्षा जिवन बन्नुपर्ने र हाम्रो हातमा राज्यसत्ता आएपनि प्रमुख शिक्षानै हुने र वैज्ञानिक समाजवादी शिक्षाको बिकास संगै तमामखाले बिभेदहरुको पनि अन्त्य हुने बताउँनुभएको थियो र सिटिइभिटी उपत्यका जिल्लाको प्रकाशन पठन्योग्य रहेको भन्दै बधाई एवंम सुभकामना दिनुभएको थियो ।

कार्यक्रममा संगठनका महासचिव तथा कार्यक्रमका विशेष अथिति प्रकाश शाहिले वैज्ञानिक समाजवादि शिक्षा प्राप्तिकालागि संगठनले आन्दोलनको आअिधबेहेरीको सिर्जना गर्ने र त्यसको सम्पुर्ण नेतृत्व मुलत पार्टिले नै गर्नुपर्ने बताउँनु भएको थियो।

२१औँ सताव्दी युवा विद्यार्थिहरुले समाजवादि शिक्षाकालागि खोज र अनुसन्धान संगै जिवनउपयोगि शिक्षाको विकास गर्नुपर्ने बताउनुभएको थियो ।प्रकासनका लागि बधाई एवंम निरन्तरताको शुभकामना पनि ब्यक्त गर्नुभयो ।

कार्यक्रममा संगठनका सचिवद्वय सदस्य मिलन राई र मुकुन्द श्रेष्ठ साथै केन्द्रिय सदस्य मदन चन्दले बधाई मन्तब्य दिनुभएको थियो ।

अन्तमा कार्यक्रमका अध्यक्ष तथा सिटिइभिटी उपत्यका जिल्ला समिसतका अध्यक्ष डि बि चन्दले प्रकाशनको मुल भावलाई स्पस्ट पार्दै सहिद प्रज्वलले देखाएको बाटोमा निरन्तर अघि बढ्ने प्रतिवद्धता व्यक्तगर्दै प्रकासनमा सहयोग पुर्याउने सम्पुर्णलाई र अथिति तथा उपस्थित सम्पुर्णलाई आभार तथा धन्यवाद सहित कार्यक्रमको समापन गर्नुभएको थियो ।

काठमाण्डौँमा सम्पन्न भएको उक्त कार्यक्रमको अध्यक्षता, अखिल(क्रान्तिकारी)सिटिभिटि उपत्यका जिल्ला समितिका अध्यक्ष डिबि चन्दले गर्नुभएको थियो । संगठनका सचिव प्रजित बि क ले संचालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष लक्ष्मण बि क ले स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?