ट्रेन्डीङ्ग

नेकपा ओखलढुङ्गाकाे दशाैं पुर्ण बैठक सम्पन्न

मुक्ति गैरे, साउन २९ काठमाडौ 
नेपाल कम्युनिस्ट पार्टी ओखलढुंगाको दशौ पुर्ण बैठक सम्पन्न भएको छ । बैठक ओखलढुङ्गाकाे सदरमुकाम सम्पन्न भएको थियोे ।

राष्ट्रियता,जनतन्त्र र जिविकाकाे पक्षमा संघर्ष गर्ने,अहिले नेपालकाे हितविपरीत हुन लागेको वैदेशिक परियोजना एमसिसि नेपाली राष्ट्र र जनताको निम्ति घात भएको हुँदा वर्तमान सरकारले सदनले पास गर्न लागेको हुँदा उक्त सम्झौता पास गर्न राेक्न दवाव मुलक संघर्ष गर्ने,हत्या बत्लकार,भारतीय शासकको ज्यादतीका विरुद्धमा संघर्ष गर्ने समेत निर्णय गरेको छ । यस्तै भ्रष्टाचारि,कालाेबजारि,जातीय छुवाछूत,सामाजिक अपराधका बिषयमा पनि संघर्ष गर्ने निर्णय गरेको छ ।

अहिले नेपालकाे वर्तमान संसदीय व्यवस्थाले वर्तमान समस्याहरुकाे हल नगरेको कारणले यसको विकल्पमा पार्टीले अगाडि सारेको वैकल्पिक व्यवस्था वैज्ञानिक समाजवादि व्यवस्था प्राप्तिका निम्ति जनमत संग्रहलाई जनजनमा पुर्याउन अभियान चलाउने समेत निर्यण गरेको छ । बैठक अध्यक्षता तथा संचालन जिल्ला इन्चार्ज विवेक कुमालले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?