ट्रेन्डीङ्ग

बर्दिया शिक्षा इकाईको ताला खुल्यो,अखिल क्रान्तिकारी संग ९ बुंदे सहमति

रमेश प्याकुरेल,२८ साउन, वर्दिया ।                              अखिल (क्रान्तिकारी) बर्दियाले शैक्षिक क्षेत्रको सुधारको लागि विभिन्न माग राखि शिक्षा विकास तथा समन्वय इकाई बर्दियामा लगाइएको ताला ९ वुदे सहमति पछि खुलेको छ ।

विद्यर्थाी संगठनले शैक्षिक सुधारको लागि विभिन्न १८ वुदे माग राखि केही दिन अघि समन्वय इकाईमा तालावन्दी गरेको थियो ।

विहिवार भएको वार्तापछि शैक्षिक सुधारका लागि राखिएका अधिकाँस मागहरु पुरा गर्ने प्रतिवद्धता पति ताला खुलाईएको अखिल क्रान्तिकारीले जनाएको छ । समन्वय प्रमुख रेविका अमात्य र विद्यार्थाी संगठनका नेताहरुको वार्ता पछि ९ वुदे सहमति भएकाले ताला खोलिएको अखिल (क्रान्तिकारी)का नेताहरुले वताएका छन ।

वार्तामा बर्दिया जिल्ला प्याप्सनका अध्यक्ष तेजनाथ पौडेल,एन प्याप्सनका बर्दिया जिल्ला अध्यक्ष बुध्द गिरी,नगरपालिका-गाउँपालिका शिक्षा शाखा प्रमुखहरु लगायतका प्रतिनिधिहरुको पनि सहभागीता रहेको थियो ।उनीहरुले पनि सहमति कार्यान्वय गर्ने प्रतिवद्धता जनाएका छन ।

वार्तामा अखिल क्रान्तिकारी विद्यार्थी संगठनका केन्द्रिय सदस्य प्रेम शाही,संगठनका बर्दिया जिल्ला इन्चार्ज लोकेश राज जोशी ,बर्दिया जिल्ला अध्यक्ष हरि प्याकुरेल लगायतको सहभागीता थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?