ट्रेन्डीङ्ग

युवा दिवसको अवसरमा सैनामैनामा वृक्षारोपण

प्रदिप ज्ञवाली,साउन २८ सैनामैना । अन्तर्राष्ट्रिय युवा दिवसको अबसरमा सैनामैनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । गोरखनाथ सामुदायिक सिकाइ केन्द्रको आयोजना तथा मेचीमहाकाली बुहारी संयुक्त आवाजको सह- आयोजनामा सैनामैना ६ पटना मा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका नगरप्रमुख चित्र बहादुर कार्किले हरितपुर्ण नगर बनाउन यस्ता कार्यक्रमले टेवा पुग्ने बताउनु भयो । सैनामैनामा वृक्षारोपणका क्षेत्रमा भएका निरन्तरको प्रयाका कारण सैनामैना निकट भविष्य मै स्वास्थ वातावरण युक्त हरियाली सहर बन्ने बताउनुभयो । सैनामैना भित्रका सबै युवाहरुलाइ समेटेर नगरपालिका अगाडी बढने प्रमुख कार्किले बताउनु भयो ।

कार्यक्रममा टिक , सिसाै लगायतका विभिन्न प्रजातिका वृक्षका विरुवाहरु लगाइएको थियो । जसमा राष्ट्रिय युवा परिषद सैनामैनाको १ देखि ११ सम्मका परिषदका कार्यसमितिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
सम्पुर्ण वडाको प्रतिनिधित्व गर्दै सैनामैना चारका यवा परिषद क्लवका अध्यक्ष बिष्णु बहादुर फाैदारले नगरपालिकाले नगर भित्रका सम्पूर्ण युवालाइ समेटने गरि काम गर्नुपर्ने बताउनु भयो सम्पूर्ण युवालाइ समेटने प्रयास गरेमा नगरपालिकालाई सबै प्रकारको साथ दिन युवाहरु तयार रहेको बताउनु भयो ।

कार्यक्रम गोरखनाथ सामुदायिक सिकाइ केन्द्र कि अध्यक्ष लक्ष्मि पाण्डेको अध्यक्षता , सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्किको प्रमुख आतिथ्यता , सैनामैना नगर उपप्रमुख बिना रानाको विशिष्ट आतिथ्यता , अन्य जनप्रतिनिधि ,नेपाली काङ्ग्रेस रुपन्देही उप सभापति फणिन्द्र प्रसाद शर्मा, माअोवादी केन्द्रका सैनामैना इन्चार्ज मान बहादुर महत , नेकपा एमाले नगर संयोजक खुसिराम चौधरी , हेमराज अर्याल , नेकपा एमाले सैनामैना अध्यक्ष चेतनारायण न्यौपाने लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि , विभिन्न संध सस्थाका प्रतिनिधि , ११ वटा युवा परिषदका सम्पुर्ण कार्यसमिति, सुरक्षाकर्मि , पत्रकार लगायतको आतिथ्यतामा कार्यक्रम भएको हो । मेचीमहाकाली बुहारी संयुक्त आवाजो लुम्बिनी प्रदेश संयोजक लता खडकाले कार्यक्रम माथि प्रकाश पार्दै स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सृजना न्यौपानेले गर्नुभएको भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal