ट्रेन्डीङ्ग

विप्लव नेकपा दैलेखद्वारा ठाँटीकाध गापा स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामाग्री हस्तान्तरण

दैलेख संवाददाता । नेपाल कम्युनिस्ट पार्टी दैलेखले आज ठाँटीकाध गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द लकान्द्रमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रम ठाँटीकाँध गाउँ कमिटी सेक्रेटरी कमरेड शरदको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी दैलेखका सेक्रेटरी कमरेड दिपेन्द्र प्रमुख अतिथि रहनुभएको थियो।

प्रमुख अतिथि दिपेन्द्रले अहिले दलाल संसदीय ब्यवस्थाले स्वास्थ्य महङो र गरीबहरको पहुँच नरहेकाले आफ्नो पार्टीले शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी गर्ने वैज्ञानिक समाजबादी ब्यवस्थाको लागि विगतदेखि नै सँघ्रस गरेको कुरा वताउनु भयो। उँहाले पुँजीवादी ब्यबस्था र बैज्ञानिक समाजबादी व्यबस्थाबारे जनमत संग्रह गरिनुपर्ने कुरामा जोड गर्नु भयो।

अखिल (क्रान्तिकारी) केन्दीय सदस्य प्रकाश तिरुवा, प्राथमिक स्वास्थ्य केन्द्रका ईन्चार्ज डा. प्रदीप धौलाकोटी अतिथि रहनुभएको कार्यक्रमको सञ्चालन कमरेड लोकराजले गर्नु भएको थियो।

अखिल क्रान्तिकारी केन्द्रीय समिति सदस्य प्रकाश तिरुबाको बिशेष पहलमा ठाँटीकाध गाउँपालिकामा पठाएको अक्सिजन सिलिन्डर ३ वटा, कन्सन्सटेटर१, पल्स अक्सामिटर, गोल्बवस २००, कोभिड१९थर्मोमिटर, सर्जिकल ह्वाइट क्याप, पिपिई सेट र सेनीटाईजर जिल्ला सेक्रेटरी कमरेड दिपेन्द्रले प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गर्नु भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?