ट्रेन्डीङ्ग

भूकम्प प्रभावितलाई निःशुल्क विधुत् मिटर , विद्युत् सेवा नपुगेका ठाउँमा ‘सोलार सिस्टम’ वितरण गर्ने

जाजरकाेट । जाजरकोट भूकम्प प्रभावितलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निःशुल्क विद्युत् मिटर उपलब्ध गराउने भएको छ ।

गएकाे कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टरस्केलकाे भूकम्प जाँदा एक सय ५४ जनाको ज्यान गएकाे थियो भने तीन सय ४६ घाइते भएका थिए । भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति पुगेकाे छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्प प्रभावितलाई निःशुल्क विद्युत् मिटर वितरण गरिने जानकारी दिए । उनले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत विद्युत् सेवा नपुगेका ठाउँमा रहेका भूकम्प प्रभावितका लागि ‘सोलार सिस्टम’ वितरणको तयारी भएको समेत बताए ।

‘केन्द्रका कर्मचारी तथ्याङ्क सङ्कलनमा रहेकाले तथ्याङ्क आउने बित्तिकै सोलार सिस्टम उपलब्ध गराइने छ’, मन्त्री बस्नेतले भने  । भूकम्पबाट नलगाड, भेरी, बारेकोटमा बढी क्षति भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal