
धनुषा।धनुषाको लालगड गाउँपालिका-१० धनौजि स्थित श्री आधारभुत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा ट्रयाकसुट कोशेली छाला जुत्ता वितरण गरिएको छ।मिलिजुली सामाजिक प्रतिष्ठान र गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा विद्यालयमा अध्ययनरत ६२ जना विद्यार्थीहरूलाई विद्यालय पोशाक ट्रयाकसुट, जुत्ता एवम शैक्षिक सामग्रीहरू प्रदान गरिएको हो।
दुर्गम क्षेत्रका र आर्थिक रूपमा विपन्न परिवारका बालबालिकाहरूलाई शिक्षामा प्रोत्साहन गर्ने उद्देश्यले सहयोग उपलब्ध गराइएको मिलिजुली सामाजिक प्रतिस्ठानका सचिव अजय पाण्डेले जानकारी दिए।
मिलिजुली सामाजिक प्रतिष्ठान र गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठानले विगत लामो समयदेखि देशका विभिन्न क्षेत्रमा स्वास्थ्य शिविर, खाद्यान्न वितरण र शैक्षिक सहयोगका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।यसअघि संस्थाहरूले प्राकृतिक विपत्तिमा परेकाहरूलाई राहत वितरण र विपन्न वर्गका बालबालिकालाई छात्रवृत्ति प्रदान गर्दै आएका छ्न।
बिद्यालय पोशाक ट्रयाकसुट जुत्ता र शैक्षिक सामग्री पाएपछि विद्यार्थीहरू हर्षित देखिएका छन।विद्यालयका प्रधानाध्यापकले सहयोगी संस्थाहरूलाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूको विद्यालय उपस्थिति दर बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।











