ट्रेन्डीङ्ग

जुम्लामा खस प्रतिष्ठान र सङ्ग्रहालय बनाउन सांसद तामाङको माग

काठमाडौँ।नेकपा(माओवादी केन्द्र)की सांसद छिरिङ ल्हामु लामा तामाङले सरकारसँग खस सभ्यता जोगाउन माग गर्नुभएको छ।

बुधबार संसदको शुन्य समयमा बोल्दै सांसद तामाङले खस सभ्यताको संरक्षण र प्रचारका लागि जुम्लामा खस प्रतिष्ठान र सङ्ग्रहालय बनाउन माग गर्नुभएको हो ।

‘खस सभ्यतालाई संसारमा चिनाउन जरुरी छ।यो हाम्रो मौलिक सभ्यता हो’, उहाँले भन्नुभयो, ‘यसका लागि सिञ्जामा खस प्रतिष्ठान र खस सङ्ग्रहालय स्थापना गरौँ।’



उहाँले आगामी बजेटमा दुर्गम क्षेत्रलाई प्राथमिकता दिन भन्दै कर्णालीका सडकहरुलाई प्रयाप्त रकम दिन माग गर्नुभएको छ।’कर्णाली राजमार्ग, छिन्जु डोल्पा सडक, नाग्मा गमगढी नाङ्चेलाग्ना सडक, खुलालु हुम्ला सडकहरु लाई प्रयाप्त रकम विनियोजन गरौँ।’उहाँले भन्नुभयो।


सांसद तामाङले खस सभ्यताको संरक्षण र जुम्ला विमानस्थलको स्तरोन्नतीका लागि यसअघि नै पर्यटन मन्त्रालयमा मागसहित ध्यानाकर्षण गराइसक्नुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?