ट्रेन्डीङ्ग

सुनवलमा नगरप्रमुख र शिक्षा शाखा प्रमुख बिचको विवादःसामुदायिक विद्यालय सुधार कि सकाउने योजना

  • समस्या समाधानमा नगरप्रमुखको ध्यान गएन्:उपप्रमुख दुवे
  • सुनवल।शिक्षकको काज सरुवाको विषयले तातेको सुनवलको शिक्षा क्षेत्र अहिल फेरि नगर प्रमुख बिमला अर्यालले शिक्षा शाखा प्रमुख (उपसचिव) विष्णुप्रसाद गोतामेलाई स्पष्टिकरण सोधेपछि गर्माएको छ । यस विषयले चर्चा पाएसंगै सुनवलमा तुलनात्मक रुपमा सुधारिएको सामुदायिक विद्यालयको शिक्षा क्षेत्र उकास्न खोजिएको हो वा कमजोर पार्न खोजिएको भन्ने प्रश्न सृजना भएको छ । केहि दिन अगाडी नगर प्रमुख अर्याल र शिक्षा शाखा प्रमुख गोतामेले शिक्षक काज सरुवाको विषयमा छुट्टाछुट्टै पत्र जारी गर्दै एक अर्काको निर्देशन नमाने कारबाही गर्ने चेतावनी शिक्षकहरुलाई दिएपनि विगत लामो समयदेखि नगर प्रमुख र शिक्षा शाखा प्रमुख बिचको विवाद झनै चर्किएको हो । नगर प्रमुख अर्यालले शिक्षा शाखा प्रमुख गोतामेले नगर शिक्षा समितिका संयोजक समेत आफु हुने भएकाले नगर प्रमुख संग कुनै सल्लाहनै नगरी आफुखुसि निर्देशन सहितको पत्र जारी गरेको टिप्पणी गर्दे नयाँ निर्देशन सहितको पत्र जारी गरेकि थिइन।

     

    शिक्षा शाखा प्रमुख गोतामेले ‘काज फिर्ता सम्बन्ध’को पत्र जारी गरेर सात दिनभित्र सम्बन्धित विद्यालयमा जान भनिएको छ । २०७८ साल पुस २७ गतेपछि र २०७८ मंसिर २७ गतेपछि विभिन्न मितिमा शिक्षा समितिले काज सरुवा गरेका शिक्षकहरुलाई नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा सात दिनअघि (बैशाख १३सम्म) सम्बन्धित विद्यालयमा हाजिर हुन जान भनिएको हो । दुवैले जारी गरेको निर्देशन कार्यान्वयन भएको छैन।

     

    चार वर्षअघि भएको काज सरुवा शिक्षक दरबन्दी(मिलान तथा व्यवस्थापन) कार्यविधिअनुसार हुन नसकेको र हाल शिक्षकको वृत्ति विकासमा गम्भीर असर परेको तथा विद्यालयमा शिक्षक विद्यार्थी अनुपातमा असमान हुँदा शिक्षक गुणस्तर र दरबन्दी मिलानमा समस्या भएकाले फिर्ता हुन शाखा प्रमुख गोतामेले जारी गरेको पत्रमा भनिएको छ । पत्रलाई अवज्ञा गरेमा सम्बन्धित शिक्षक र निर्णयकर्ता नै जवाफदेही हुने चेतावनी दिइएको छ ।

    शिक्षा शाखा प्रमुख बिष्णु गोतामेको शिक्षकलाई परिपत्र !

    उक्त समयमा ५९ जना शिक्षकको काज सरुवा गरिएको थियो । ३५ वटा सामुदायिक विद्यालय रहेको नगर क्षेत्रमा १५४ स्थायीसहित ५२२ जना शिक्षक कार्यरत छन् । ति विद्यालयमा कुल विद्यार्थीको संख्या १३ हजार बढी रहेको शिक्षा शाखाले जनाएको छ ।

    नगर शिक्षा समितिका सदस्य सचिवसमेत रहेका गोतामेको पत्रविपरीत मेयर अर्यालले अर्को पत्र काटेर काजमा रहेका शिक्षकहरुलाई फिर्ता नहुन निर्देशन दिएकि छन् । नगर शिक्षा समितिकी संयोजकसमेत रहेकी अर्यालले शिक्षा शाखाबाट जारी पत्रलाई अनाधिकृत र अवैध भनेकि छन ।उनले विद्यार्थी संख्याका आधारमा दरबन्दी मिलान गर्ने अधिकार शिक्षा समितिसँग रहेको दाबी गर्दै समितिको निर्णय नै आधिकारिक हुने दाबी गरिन।शिक्षा विकास इकाईको पत्रअनुसार नै काज सरुवा गरिएको र समितिको निर्णयको अवज्ञा गर्ने शिक्षकलाई शिक्षा ऐनअनुसार कारबाही हुने चेतावनी दिएकि छन।

    दुई जनाको विवादले शिक्षकहरुनै अन्यौलमा परेको समयमा फेरि नगर प्रमुखले शिक्षा शाखा प्रमुखलाई स्पष्टिकरण सोधेपछि विवाद झनै चर्किएको छ । सुनवलका एक सामुदायिक विद्यालयमा अध्यापन गर्ने शिक्षकले भने ‘यो सामुदायिक विद्यालय सकाउने योजना हो जस्तो लाग्छ, हरेक वर्ष शैक्षिक सत्र सुरु हुने बेला विवाद सृजना हुने गरेको छ, यसले विद्यार्थी भर्ना लगायतका धेरै विषयमा असर पर्छ ।’

    गत वर्ष पनि शैक्षिक सत्र सुरु हुन अगाडी जिल्लाकै सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने महाकवि देवकोटा माविको विद्यालय व्यवस्थापन समितिको नेतृत्वको विषयलाई लिएर नगरपालिकामा विवाद सृजना भएको थियो ।

    नगर प्रमुखले सोधेको स्पष्टिकरण क्षेत्राधिकार भित्र पर्छ ?

    तीन दिन भित्र लिखित जवाफ पेश गर्ने समय राखेर नगर शिक्षा समिति संयोजक बिमला अर्यालले शिक्षा शाख प्रमुख उपसचिव विष्णु प्रसाद गोतामेलाई स्पष्टिकरण सोधेकि छन् । पटक पटक शिक्षा क्षेत्रमा अशोभनिय पदिय आचरण बिपरित काम गरेको भन्दै तपाईलाई शिक्षा शाखाबाट किन नहटाउने ? जिम्मेवारी मुक्त किन नगर्ने ? भनि शाखा प्रमुखबाट हटाउने चेतावनी सहितको स्पष्टिकरण सोधिएको छ । विगतमा जनप्रतिनिधि संग सहकार्य गर्दे सुनवलका सामुदायिक विद्यालयको शिक्षा सुर्धान भूमिका खेलेको भन्दै प्रंशसा बटुल्दै आएका गोतामेलाई पछिल्लो समय नगर प्रमुख अर्यालले सोधेको स्पष्टिकरण र दिदै आएको बक्तव्यमा गोतामेले मनोमानी गरेको मेयरलाई मतलब नगर्ने गरेको उल्लेख छ । तर यो भन्दा पनि महत्वपूर्ण विषय उपसचिव तहको कर्मचारी वा अन्य कोहि पनि कर्मचारीलाई नगर प्रमुखले स्पष्टिकरण सोध्ने हो वा सम्बन्धि कार्यालय प्रमुख वा उपल्लो पदको कर्मचारीले स्पष्टिकरण सोध्ने हो ? निजामती कर्मचारी ऐनको व्यवस्था अनुसार पनि कर्मचारीलाई स्पष्टिकरण सोध्ने अधिकार एक तह माथिका कर्मचारी, कार्यालय प्रमुख वा विभागिय प्रमुखलाई हुने उल्लेख छ । तीन तहको निजामती सेवा ऐनमा प्रत्यक्ष रुपमा जनप्रतिनिधिले स्पष्टिकरण वा कारवाही गर्ने व्यवस्था मुख्यगरि कार्यालय प्रमुख वा जिम्मेवार कर्मचारीमा केन्द्रित गरिएको छ ।

     

    निजामती सेवा ऐनमा कर्मचारीमाथिको स्पष्टिकरण, स्पष्टीकरण माग, विभागीय कारवाही आदि प्रक्रिया सामान्यतः कार्यालय प्रमुख, विभागीय प्रमुख, सचिव वा कानूनले तोकेको अधिकारप्राप्त अधिकारी बाट गर्ने उल्लेख छ । समान्यतः जनप्रतिनिधिले कर्मचारीलाई स्पष्टिकरण सोध्नै पाइँदैन भन्ने होइन, तर सामान्य निजामती प्रशासनमा प्रत्यक्ष विभागीय स्पष्टिकरण सोध्ने अधिकार कानुनले तोकेको प्रशासनिक अधिकारीमा सीमित हुने जानकारहरु बताउछन् ।

    तर नगर प्रमुख अर्यालले स्थानीय सरकारको प्रमुख र नगर शिक्षा समिति संयोजकको नाताले शिक्षा समितिको निर्णय अनुसारनै प्रक्रियासंगत तवरले स्पष्टिकरण सोधेको बताईन् । जनताले निर्वाचित गरेको प्रतिनिधि हो त्यसैले जानकारी माग गरेको हो, गलत भएको भए कारवाही भोग्न तयार छु, अर्यालले भनिन् । एकलौटी ढंगले शिक्षा शाख प्रमुखले काम गर्दे आएको भन्दै स्पष्टिकरण नभई जानकारी माग गरेको अर्यालको भनाई छ ।

    तर शिक्षा शाख प्रमुख गोतामेले स्पष्टिकरणको जवाफ स्वरुप मेयरलाई प्रश्न गरेका छन् । अधिकार प्राप्त अधिकारी बाट स्पष्टीकरण सोधिएमा जुनसुकै बेला जवाफ दिन तयार भएपनि नगर प्रमुख स्पष्टिकरण सोध्न अधिकार प्राप्त अधिकारी नभएकाले जवाफ दिइरहनु उपयुक्त नहुने गोतामेको ठम्याइ छ ।

    शिक्षा शाखा प्रमुख गोतामेले शिक्षकहरुको मिलानदेखि कार्यसम्पादन मूल्याङ्कन शिक्षा समिति नभई शाखाले गर्ने बताए । मेयरले जे भनेपनि चार वर्ष पहिले काज सरुवा भएका शिक्षक अझसम्म पनि त्यही बस्नु सान्दर्भिक हुदैन् । ‘धेरै विद्यालयमा विद्यार्थी घटेका छन् । विद्यार्थीअनुपातमा शिक्षक मिलेका छैनन् । यसले दरबन्दी मिलानमा पनि समस्या भएको छ । त्यसैले काजमा गएकाहरुलाई फिर्ता बोलाइएको हो ।’ गोतामेले भने ।

    अर्कोतर्फ पछिल्लो समय काजमा गएकाहरुको कार्यसम्पादन गणना नहुने परिपत्र आएकाले पनि उनीहरुको वृत्ति विकासमा समस्या पर्ने भएकाले फिर्ता बोलाइएको उनको भनाई छ । शिक्षा समितिमा आफू सदस्य सचिव भएपनि कुनै जानकारी नदिई मेयर अर्यालले सीमित व्यक्ति राखेर निर्णय गर्ने गरेको आरोप लगाए । स्रोतका अनुसार शिक्षा समितिमा मेयर पक्षधर पार्टीको पल्लाभारी देखिएको छ।यता मेयर अर्यालले भने शिक्षा शाखा प्रमुखलाई पटक पटक म्यासेज र बोलाउन जाँदासमेत बैठकमा नआउने र निउँ खोज्ने गरेको आरोप लगाईन।

     

    के भन्छन्‌: उपप्रमुख दुवे

    एउटै पार्टी बाट प्रतिनिधित्व गर्ने भएपनि मेयर संग सुमधुर सम्बन्ध नभएका उपमेयर सुर्य दुवेवे शिक्षा जस्तो संवेदनशिल विषयमा नगर प्रमुख गम्भिर नभएको आरोप लगाए । समस्या समाधानको प्रयास भईरहेको थियो, खै कहाँबाट कसको सल्लाहामा उहाँले निर्णय लिनुहुन्छ, दुवेले भने।सुनवलको सामुदायिक विद्यालयको शिक्षा क्षेत्रमा लामो समय देखि प्रहार हुदै आएपनि बचाउदै आएको बताउदै दुवेले अहिले पनि नगर प्रमुख र शिक्षा शाखा प्रमुखसंग समन्वय गरेर समाधानको प्रयास भइरहेपनि नगर प्रमुखले समस्या समाधानमा चासो नदिएको आरोप लगाए । उनले यस्तो अवस्था आउदाँ आफु टुलुटुलु हेरेर बस्न नसक्ने बताउदै नगर प्रमुख ध्यानार्कषण गराएको बताउदै अब लिखित रुपमा पेश गर्ने बताए । शैक्षिक सत्रको मुखमा यस किसिमका गतिविधि सुनवलको शिक्षा क्षेत्रका लागी धब्बा सावित हुने दुवेले चेतावनी दिए ।

    विज्ञप्ति

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



    © आजको राशिफल
    © Foreign Exchange Rates
    © Gold Price Nepal