ट्रेन्डीङ्ग

नेकपा तानसेन नगर समितिकाे दाेस्राे पुर्ण बैठक सम्पन्न

मुक्ति गैरे, साउन २७ ,पाल्पा ।
नेपाल कम्युनिस्ट पाल्पाकाे सदरमुकाम तानसेन नगर समितिकाे दाेस्राे पुर्ण बैठक सम्पन्न गरेको छ । तानसेनकाे सदरमुकाममा सम्पन्न भएको थियोे ।

उक्त बैठकले १४ वडाकाे वडा सेक्रेटरी समेत चयन गरेको बुझिएको छ । यस्तै प्रत्येक वडामा अनिवार्य तिन वडा पार्टी सेल समिति निर्माण गर्ने समेत निर्यण गरेको बताईएकाे छ । नेपाल कम्युनिस्ट पार्टी निकटका जनवर्गीय संगठन नगर संयाेजकहरु ताेकेर जिम्मेवारी पुर्वक काममा लाग्न निर्देशन गरिएको छ ।

बैठकले नगरपालिकाका प्रत्येक वडाहरु वाल  पेन्टिङ्ग,जनघाति,राष्ट्रघाति कदमका विरुद्धमा संघर्षगर्ने,भ्रष्टाचार,महङ्गि,कालाे बजारि,महिला हिंसा,जातीय छुवाछूतका बिषयमा संघर्ष संचालन गर्ने निर्यण गरेको छ । यस्तै बैठकले वैज्ञानिक समाजवादकाे पक्षमा जनमत संग्रहमा जानका व्यापक तयारी सहित तिनबुँदे सहमति कार्यवन्यन दबाब दिने निर्यण समेत गरेको छ ।

यस्तै बैठकमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला अपेक्षा प्रमुख अतिथि,पाल्पा जिल्ला सचिव प्रभात विशिष्ट अतिथि,जिल्ला कार्यलय सचिव बिकास,दलित मुक्ति माेर्चा नेपालका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला ईन्चार्ज निसान विक लगायतको उपस्थिति रहेको थियोे भने बैठक संचालन तथा अध्यक्षता नगर सेक्रेटरी सुमनले गर्नु भएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?