साउन २५, सुनवल
पश्चिम् नवलपरासीको सुनवलमा रहेको पराजुली फार्मेसीमा छाला तथा यौन रोग र कुष्ठ रोग सम्बन्धि डाक्टर साउन ३० गते आउने हुनुभएको छ ।
लुम्बिनी मेडिकल कलेजमा कार्यरत डाक्टर जमिल मिक्रानी यहि साउन ३० गते आउने पराजुली फार्मेसीका संचालक जगन्नाथ पराजुली ले जानकारी दिनु भएको छ । छाला तथा यौन रोग र कुष्ठ रोग सम्बन्धि समस्या भए सम्पर्क गर्न समेत पराजुली ले आग्रह गर्नु भएको छ ।