ट्रेन्डीङ्ग

सर्लाहीका दुई प्रहरी चौकी डुवानमा

दर्पन घिमिरे, साउन २६ ,सर्लाही । सर्लाहीको औरही र खुटौनामा रहेका प्रहरी चौकी डुबानमा परेका छन्।

लगातार परेको पानिको निकास नहुँदा चक्रघट्टा गाउँपालिकामा रहेको प्रहरी चौकी औरही र मलंगवा नगरपालिकामा पर्ने प्रहरी चौकी खुटौना डुबानमा परेका हुन् । डुबानमा परेका प्रहरी चौकी परिसरबाट दमकलले तानेर पानी बाहिर फाल्ने काम भईरहेको प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए।

भारी वर्षा हुने क्रम बढेपछि शुक्रबार बिहानबाट सदरमुकाम मलंगवा स्थित जिल्ला प्रशासन कार्यालय सहित विभिन्न कार्यालय तथा सर्बसाधारणहरुको घर डुबानमा परेका छन् । त्यस्तै भाँडसर, खुटौना लगायत दक्षिणी क्षेत्रका विभिन्न गाउँ एवं सडकहरु पनि जलमग्न बनेका छन् ।

आधा दर्जन बढी घरहरु डुबानबाट क्षतिग्रस्त बनेको तथा तीन दर्जन बढी घरहरुमा पानी पसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चौकी होचो भइदिँदा बजारभरिको पानी यहाँ आएर जम्ने गरेको त्यहाँका प्रहरीले बताएका छन्। भवन पुरानो भएकाले र उक्त स्थानलाई अग्लो पार्न नसकिँदा पनि चौकीबाट पानी निकास हुन नसकेको जिल्ला प्रहरी कार्यालयको प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal