ट्रेन्डीङ्ग

कैलालीमा आन्तरिक राजस्व विभागको स्टिकर सहित ५ जना पक्राउ

प्रदिप न्यौपाने, साउन २६, कैलाली । कैलालीमा आन्तरिक राजस्व विभागको स्टिकरसहित ५ जना पक्राउ परेका छन्। आन्तरिक राजस्व विभागको स्टिकर दुरुपयोग गरेको अभियोगमा कैलालीको गौरीगंगा नगरपालिकाबाट ५ जनालाई पक्राउ गरिएको हो।

जिल्ला लखिमपुर खिरी ग्रामपञ्चायत बरौठा,भारत बस्ने वर्ष १९ का संजित कुमार,वर्ष २० का रिङ्कु कुमार, रौतहट गरुडा नगरपालिका–१ जयनगर बस्ने वर्ष ४० का राजकुमार शाह,पर्सा विरगंज नगरपालिका १३ घन्टाघर बस्ने वर्ष ५५ का विजय गुप्ता र जिल्ला लखिमपुर खिरी ग्रामपञ्चायत बरौठा भारत बस्ने वर्ष २२ का सुरेश कुमारलाई पक्राउ गरिएको हो।

मोटरसाइकलमा सवार रहेका संजित कुमारलाई कैलालीको गौरीगंगा नगरपालिका वडा नं.७ स्थित तालबन्द सडकखण्डमा चेकजाँच गर्दा आन्तरिक राजस्व बिभाग लेखिएको ७७ रोल (२,८८,६७४ स्टिकर) फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टका अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा उक्त स्टिकरका रोलहरुमध्ये १३ रोल स्टिकरमा एउटै सिरियल नम्बर भेटिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?