ट्रेन्डीङ्ग

हतियार सहित वडाअध्यक्ष पक्राउ

प्रदिप न्यौपाने ,साउन २६, कैलाली ।कैलाली प्रहरीले कैलारी गाउँपालिका-९ का वडाध्यक्ष खेमराज चौधरीसहित दुई जनालाई हतियारसहित पक्राउ गरेकाे छ।

सोमबार राति कैलालीको गौरीगंगा नगरपालिका–९ शंकरपुर स्थित पूर्व–पश्चिम राजमार्गबाट धनगढी उपमहानगरपालिका–२ का ४६ वर्षीय मोहित शाहले चलाइरहेको बा१७च १३१२ नम्बरको जीप चेकजाँच गर्ने क्रममा हातहतियार फेला परेको जिल्ला प्रहरीले कैलालीले जनाएको छ।

हातहतियार फेला परेपछि प्रहरीले चालक शाहसहित सोही जीपमा सवार कैलारी गाँउपालिका–९का वडाध्यक्ष चौधरीलाई पक्राउ गरेको हाे।

जीपमा धनगढी उपमहानगरपालिका-१ का ४६ वर्षीय रुपक मल्ल र कैलारी गाउँपालिका-९ बस्ने वर्ष ३३ का योगेन्द्रबहादुर देउवा पनि सवार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।

प्रहरीले शाहको साथबाट १२ बोर एक थान, कार्टिज १ थान, त्यस्तै वडाध्यक्ष चौधरीको साथबाट पोईन्ट टु टु १ थान र १० राउण्ड गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।

पक्राउ परेका दुवै जनामाथि हात हतियार खरखजाना शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धानका भइरहेको उनले बताए।

वडाध्यक्ष चौधरी यसअघि पनि वन तथा वन्यजन्तुसम्बन्धी मुद्दामा मुछिएका थिए।वनसम्बन्धी मुद्दामा उनी महिनौं दिनसम्म फरार थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?