ट्रेन्डीङ्ग

कलाकारिताको क्षेत्रमा उदाउदै गरेका समीप र चिरञ्जीवीलाई ‘मायाको रोग’ लागेपछि निरुताले यस्तोसम्म गरिन

सागर पौडेल ,साउन २६ नवलपरासी । लोकप्रिय कलाकार एवम सञ्चारकर्मी चिरञ्जीवी सापकोटा (जीवी चिरन)समीप निरौलाको अभिनय रहेको ‘मायाको रोग’ बोलको गीत सार्वजनिक भएको छ।

आहा टिभी मार्फत गीत सोमबार सार्वजनिक भएको थियो। गीतमा बादल थापाको स्वर रहेको छ। सापकोटाको शब्द तथा गायक तथा संगीतकार धुर्व विस्को संगीत रहेको गीतलाई नरेन्द्र वियोगीले एरेन्ज गरेका हुन्। भिडिायोमा सापकोटासहित समीप निरौला र निरुता शाहिको अभिनय रहेको छ।

एक्सनसहितको उक्त भिडियोलाई सिर्जन बरालले निर्देशन गरेका हुन्। गीतमा दिपक गिरीको सिनेमाटोग्राफ रहेको छ। गीत सार्वजनिक भएको २४ घण्टा नपुग्दै करिव १७हजार पटक हेरिएको छ। सापकोटा कलाकारितामा प्रवेश गरेको छोटो समयमा नै दर्शकमाझ लोकप्रिय बन्न सफल भएका छन्। ‘हेर यो मुटुमा चिरा पर्या छ’ बोलको गीतबाट औपचारिक कलाकारितामा होमिएका सापकोटाले थुप्रे चर्चित गीतहरुमा अभिनय गरिसकेका छन्। उनले ‘रेलको बाटो’ लगाएतका दर्जनौ गीतमा अभिनय गरेका छन्।गीतको भिडियोमा काठमाडौ उपत्यका आसपासका रमणिय ठाउहरुलाइ समेटिएर छायांकन गरिएको छ।

त्यस्तै सानै उमेर देखी नै कलाकारिताको छेत्रमा रुचि राखेका निरौला, “मायाको रोग” गितमा देखा परेका छन। यसै पनि निरौला यस अघि म्युजिक भिडियो र सर्ट फिल्ममा व्यस्त कलाकार हुन् । उनले प्रमोद खरेलको ‘तमाम ति सपनाहरु’, शिव परियारको, ‘विष पिउन के नै छ र’, सन्देश सुवेदीको ‘मिठो निन्द्रा’, सुमित खड्काको ‘धोका दिने तिमी’ जस्तालगायत दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्। उनी आजकाल विभिन्न सामाजिक संजालमा धेरै देखा पर्न थालेका छन। उनलाई हामी विशेष गरि “TikTok” मा प्रतश्य देख्न सक्छौ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?