ट्रेन्डीङ्ग

बुटवल-पाल्पा सडकखण्ड अन्तर्गत सिद्दवाबा नजिकै बोलेरो जिप तिनहु नदिमा खस्यो

बुटवल साउन २६,

सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल-पाल्पा सडक खण्डबाट एक बोलेरो जीप तिनाउ नदिमा खसेको छ ।

सुख्खा पहिरोमा परी पाल्पा देखि बुटवल आउदैन गरेको बा १८ च ७३३६ नम्बरको बोलेरो गाडी तिनाउँमा खसेको हो । मंगलबार विहान करिब १० बजे सिद्धबाबादेखि केहि अगाडि हेडबक्स नजिकबाट उक्त बलेरो तल नदी खसेको हो ।

प्रदेश ट्राफिक कार्यालय रुपन्देहीबाट डिएसपीको कमाण्डमा उद्दार गर्न सो स्थानमा पुगेको ट्राफिक कार्यालयले बताएको छ ।

सुख्खा पहिरोमा झरेको ढुंगाले गाडीलाई धकेलेर बाटोभन्दा झण्डै १५० मिटर तल नदीको सतहमा पुगेको हो ।

गाडीमा सवार ४ जनालाई घाईते अवस्थाबाट उद्दार गरिएको ट्राफिक प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal