ट्रेन्डीङ्ग

नेकपा नेता जेलबाट रिहाई नेकपा बर्दियाले स्वागत तथा सम्मान गर्यो

रमेश प्याकुरेल,साउन २६, बर्दिया

नेपाल कम्युनिस्ट पार्टी बर्दियाले जेलबाट रिहाई भएका कार्यकर्तालाई सम्मान गरेको छ । नेकपा बर्दिया जिल्ला सेक्रेटरी गणेश चौधरी १८ महिना जेलजिवन बिताई आईतवार रिहा भएका पार्टीका बर्दिया जिल्ला सचिवालय सदस्य जयबहादुर ठाडामगरलाई स्वागत तथा सम्मान गरेका हुन।

जयबहादुर ठाडालाई बर्दिया प्रहरीले हातहतियार तथा खरखजानासम्बन्धी झुट्टा मुद्वा लगाएर गिरफ्तार गरेको थियो । सरकारले नेकपासँग तीन बुदेँ सहमति गरेर मुद्वा फिर्ता लिने र जेलमा रहेका नेताकार्यकर्ता रिहा गर्न सहमति गरेपनी नेकपा नेताकार्यकर्ता अझै रिहाई हुनसकेको छैनन् । मगरलाई सम्मान गर्दै बर्दिया सेक्रेटरी गणेश चौधरीले सरकारसँग सहमति भएको चार महिना बितिसक्दा पनि नेताकार्यकर्ता रिहा नहुनु दु:खद बिषय भएको बताए ।
आफ्नो पार्टीले सहमतिलाई ईमानदार भएर लागू गरेपनी सरकारले उदासिनता देखाएको उनले आरोप लगाए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal