ट्रेन्डीङ्ग

नेकपाको सुनछहरी आयोजनामा कोभिड-१९ नियन्त्रण सर्वपक्षीय अन्तरक्रिया

साउन २५ रोल्पा                                                       विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सुनछहरी गाउँ कमिटी राेल्पाकाे आयाेजनामा काेभिड-१९ नियन्त्रण विषयक सर्वपक्षिय अन्तरक्रिया कार्यक्रम गाउँपालिकाे केन्द्र पाेबाङमा सम्पन्न भएकाे छ ।

गाउँपालिकाकाे सभाहलमा भएकाे कार्यकममा गाउँपालिका स्थित विभिन्न राजनैतिक दल,सरकारी तथा गैर सरकारी संघ/संस्था,सुरक्षा निकाय स्थानिय लगायतकाे सहभागिता रहेकाे आयाेजकले जनाएकाे छ ।

नेपाल कम्यूनिष्ट पार्टी सुनछहरी गाउँकमिटि का इन्चार्ज हेमन्तकाे अध्यक्षतामा भएकाे अन्तरक्रिया कार्यक्रममा नेकपाका जिल्ला सचिव दिनेशबिक्रम चन्द,नेकपा(एमाले)का सुनछहरी संयाेजक मनाेज घर्तीमगर,नेकपा (माओबादी केन्द्रका) प्रतिनिधि झपेन्द्र घर्तीमगर,सुनछहरी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सुन बहादुर पुन,स्वास्थ्यचाैकि पाेबाङका इन्चार्ज जनक गिरि,इलाका प्रहरि कार्यालय पाेबाङका इन्चार्ज सुर्यलाल गुरूङ,शिक्षा शाखा पाेबाङका प्रतिनिधि नारायण गिरि,कृषि शाखाका संयाेजक शिव कुमार झा, नेपाल रेडक्रस साेसाइटी उपशाखा पाेबाङका सभापति खिम बहादुर विष्ट,नेपाल मगर संघ सुनछहरीका अध्यक्ष रण बहादुर घर्तीमगर,दीपज्याेति बचत तथा ऋण सहकारी संस्था लि.पाेबाङका सचिव वीर बहादुर विष्ट लगायतले काेभिड-१९ नियन्त्रण विषयमा विचार राखेका थिए ।

नेपाल कम्यूनिष्ट पार्टीकाे केन्द्रीय कार्यक्रम अन्तरगत याे कार्यक्रम देशैभरी चलिरहेकाे नेकपा राेल्पाले बताएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?