ट्रेन्डीङ्ग

विकृति विसंगति विरुद्ध हस्ताक्षर संकलन तथा जनजागरण अभियान सुरु

गणेश एसके,श्रावण २५

कञ्चनपुर :विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कञ्चनपुर को भीमदत्त नगर समितिले सामाजिक विकृति विसंगति का विरुद्ध जनजागरण तथा हस्ताक्षर संकलन अभियान सुरु गरेको छ ।

वर्तमान परिस्थिति समाजमा विकृति विसंगति हरू एकदमै तीब्र रुपमा भएको हावी भएको र यसलाई नियन्त्रण गर्न हाम्रो नगर कमिटी ले महत्वपूर्ण भूमिका खेल्ने बताउँछन् नगर सचिव दीपेन्द्र ऐरी । नगर का सबै वार्ड हरुमा हाम्रो अभियान टोलीले जनचेतना मूलक रचनात्मक कार्यक्रम सहित हस्ताक्षर संकलन गर्ने योजना रहेको उहाँले बताएका छन र सो संकलित हस्ताक्षर जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मा बुझाउने योजना रहेको बताएका छन । त्यस्तै गरी सो उदघाटन कार्यक्रम का प्रमुख अतिथि तथा भीमदत्त नगर इन्चार्ज डम्मर विष्टले बोल्दै अहिलेको अवस्थामा हाम्रो देश ,समुदायमा चोरी डकैती,जुवातास,हत्या हिंसा, बलत्कार,घुसखोरी,भ्रष्टाचार कमिसन जस्ता तमाम समस्या हरू जल्दोबल्दो रूपमा देखा परेका छन् जसको कारण यो दलाल संसदीय व्यवस्था रहेको उहाँको भनाई थियो । यी विकृति विसंगति विरुद्ध हाम्रो पार्टी सदैव निर्मम तरिकाले संघर्ष गर्दै आएको स्मरण गराउँदै अबको दिनमा पनि यसलाई नियन्त्रण गर्न लागि पर्ने बताएका छन् यस्ता सम्पूर्ण समस्या को हल वैज्ञानिक समाजवाद ले दिने बताएका छन् र वैज्ञानिक समाजवादका लागि जनमत तयार गर्न र जनता संगको समूधुर जनसम्बन्ध निर्माण मा लाग्न निर्देशन पनि दिएका छन् ।

नगर सचिव दीपेन्द्र ऐरीको अध्यक्षता र उहाँकै सञ्चालनमा भएको सो कार्यक्रममा अतिथिहरूमा कञ्चनपुर जिल्ला कार्यलय सचिव भुवन कुँवर, अखिल क्रान्तिकारी सेती महकाली ब्युरो संयोजक वीरेन्द्र शाह, विभाग प्रमुख राम भट्ट लगायत का नेता कार्यकर्ता हरुको उत्साहपूर्ण सहभागिताका साथ कार्यक्रम सम्पन्न भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal