ट्रेन्डीङ्ग

विप्लव नेकपाको ५ दिने स्कुलिङ अछाममा सुरु

खेमराज बुढा, श्रावण २५, अछाम
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति अछामको आयोजनामा जिल्लाको ढकारि गाउपालिका वडा नं. २ मा रहेको समुदायिक भवनमा जिल्ला स्तरिय स्कुलिङ कार्यक्रम उद्धघाटन गरियो । स्कुलिङ कार्यक्रम श्रावण २५ देखि ३० गते सम्म पाच दिन चल्ने छ।
उद्घाटन कार्यक्रमना जिल्ला सचिब तपेन्द्र तिमिल्सिनाले व्यानर अनावरण र मैन बत्ती बालेर उद्घाटन गर्नु भयो।

उद्घाटन कार्यक्रममा राजवन्दिमा परेका कार्यकर्ताहरूलाई जिल्ला सचिबले अवीर लगाएर सम्मान गरियो जसमा डबल ब. नेपाली, उदय कसरा, नरेश शाही र कमला वि.क. थिए। कम्युनिस्ट पार्टीको अन्तराष्टि्य गित लयबद्द तरिकाले नेता तथा कार्यकर्ताहरूले गाउनु भयो ।

कार्यक्रममा सचिव तिमिल्सिनाले बोल्दै यो स्कुलिङ कार्यक्रमको धेरै ठुलो महत्त्व र महत्त्वपूर्ण प्रशिक्षण भएको बताउनु भयो। कम्युनिस्ट भनेको विश्व बदल्ने र विश्वका श्रमिक, किसान, महिला, दलित र गरिबहरुको सपना पूरा गर्ने शक्ति नै भएको बताए ।

यो स्कुलिङ कार्यक्रमले नेता तथा कार्यकर्ताहरूलाई आधारभुत तथा महत्त्वपूर्ण ज्ञान दिने र आवश्यकता भएकोले स्कुलिङ चलाएको बताए। उक्त कार्यक्रम स्वास्थ्यका मापदण्ड पूरा गरेर सञ्चालन गर्नु पर्ने बताउनु भयो र उद्घाटन कार्यक्रमको समापन गर्नु भयो।

स्कुलिङ कार्यक्रमको स्वागत मन्तव्य सज्जन धामी चट्टानले राखेका थिए। कार्यलय सचिब लोकेन्द्र शाहीले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता जिल्ला सचिब तपेन्द्र तिमिल्सिनाले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal