ट्रेन्डीङ्ग

विप्लव नेकपामा स्थानीय काँग्रेस नेता प्रवेश

मुक्ति गैरे, साउन २५ काठमाडौ 

नेपाल कम्युनिस्ट पार्टी ओखलढुंगामा स्थानीय काँग्रेस नेता प्रवेश गरेका छन् । ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ गाउँपालीकामा अाज पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हाे ।

नेकपा पार्टी प्रवेश गर्नेमा प्रबलाल तामाङकाे नेतृत्वमा नवीन राई,जिलि राई,अन्जन राई लगायतका ७ जना प्रवेश गरेका छन् । प्रबलाल तामाङ २०४९ र २०५४ सालमा दुई पटक स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसबाट जितेका थिए । हाल उनी नेपाली काङ्ग्रेसको कृयासिल सदस्य भएर स्थानीय नेता भई काम गरेका थिए । उनिहरुले वर्तमान व्यवस्था र सत्ताको नेतृत्वले नेपाली राष्ट्रियता र जनताको निम्ति काम नगरेको कारणले अाँफुहरु याे व्यवस्थाबाट हैरानी भएर अाँफुहरु विकल्प सहितको सहि पार्टी राेजेकाे बताएका छन् ।

नव प्रवेशिहरुलाई स्वागत गर्दै बधाई मन्तव्य जिल्ला इन्चार्ज विवेकले राख्दै अबको विकल्प र राष्ट्रकाे नेतृत्व गर्ने नेपाल कम्युनिस्ट पार्टी नै भएको हुँदा सम्पूर्णलाई गाेलबद्द हुन अाह्वान गर्नु भएको थियो ।
कार्यक्रममा जिल्ला इन्चार्ज विवेक जिल्ला सदस्य बोज ब.खत्री,युवन राई,चित्र गजमे लगायतका नेताहरू उपस्थिति रहेको छ । पार्टी प्रवेशको कार्यक्रम संन्चालन जिल्ला सदस्य युवन राईले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal