ट्रेन्डीङ्ग

जयसिंह धामीको न्यायको लागि हस्ताक्षर संकलन अभियान सुरु

गणेश एसके,साउन २४, कंचनपुर 

दार्चुलामा भारतीय एसएसबी को ज्याजतिका कारण ज्यान गुमाएका जयसिंह धामीको न्यायका लागि मौलिक जरोकीलो पार्टीले हस्ताक्षर संकलन अभियान शुरु गरेको हो ।

सो पार्टीका सुदूरपश्चिमका अध्यक्ष खेमराज जोशीले
भारतीय सुरक्षा बल ले पटक पटक सीमा नाकाहरुमा नेपाली माथि हेपाह प्रवृत्ति देखाउँदै आएको छ । र गत केही दिन अगाडि दार्चुला जिल्लाको सीमा नाकामा तुईन बाट तर्दै गर्दा डोरी काटेर मृत्यु भएको घटना ज्यादै नै भत्सर्नायोग्य र अमानविय हिंसात्मक गतिविधि भएको छ । सोही मृतकका दोषी उपर सत्यतथ्य छानबिन गरी कारबाहीको माग स्वरूप दबाब मूलक हस्ताक्षर अभियान सुरु गरेको र यो सरकारलाई बुझाउँने उनी बताउँछन् ।

राष्ट्रिय स्वाधीनता को रक्षाको लागि सरकार जिम्मेवार हुनुपर्ने, पीडित जयसिहको शव खोजिनुपर्ने, दोषि एसएसबीमाथि कार्बाही गर्नुपर्ने, पीडित परिवारलाई राहत क्षतिपूर्ति धामीको सन्तानको शिक्षादिक्षा सरकारले जिम्मा सरोकारवाला निकायले लिनुपर्ने, सरकारद्वारा गठित उच्च स्तरिय छानबिन समितिले सत्यतथ्य छानबिन गर्नुपर्ने, उक्त सीमामा देखिने समस्या सदाका लागि हटाएर नेपाली नागरिकलाई सहजताको महसुस गराउनुपर्ने, नेपाली भूमि मा नै बाटो निर्माण गर्नुपर्ने जस्ता मागहरू रहेका छन । कञ्चनपुरमा हस्ताक्षर अभियान संकलन अभियान आज दोस्रो दिनमा प्रवेश गरेको हो । साथै उक्त हस्ताक्षर संकलन अभियान आजबाट कैलालीको धनगढीमा र दार्चुलामा पनि सुरु गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal