ट्रेन्डीङ्ग

सरावलमा कोलवृक्ष बहुउद्देश्यीय सभाहलको उद्धाटन

सागर पौडेल,साउन २४,नवलपरासी । पश्चिम नवलपरासीको सरावल-२जावामा १ करोड १५ लाखमा निर्मित कोलवृक्ष बहुउद्देश्यीय सभा हलको उद्दघाटन गरिएको छ । आज आइतबार एक कार्यक्रम बिच प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कण्डेलले उद्घाटन गर्नु भएको हो ।
स्थानिय पुर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत मा.देवेन्द्र कण्डेल बाट आ.ब ०७६/०७७ मा बिनियोजित रु.७५ लाख,आ.व.०७७/०७८ मा रु.३० लाख तथा सरावल गाउपलिका बाट बिनियोजित रु.१० लाख गरि कुल १ करोड १५ लाख बाट बहुउद्देश्यीय सभाहल तथा कभर्ड हल निर्माण गरिएको ककरपत्त नगरि कोलबृक्ष पर्यटकीय क्षेत्र बिकास समितिका अध्यक्ष नरेन्द्र चौधरीले जानकारी दिनु भयो ।

कार्यक्रम पुर्व माननीय शंकर पाण्डेय,गा.पा.अध्यक्ष श्री राधेश्याम चौधरी,उपप्रमुख उत्तमा राय,समाजसेवीहरु तथा स्थानिय लगायतको उपस्थिती रहेको थियो । तस्बिर सौजन्य:मा देवेन्द्रराज कण्डेलको सचिवालय

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal