ट्रेन्डीङ्ग

नेकपाद्वारा जंगलमा मृत भेटिएका कमलको सत्यतथ्य सार्वजनिक गर्न माग

साउन २३ कञ्चनपुर ।विप्लव नेतृत्व नेकपाले ब्रहमदेवको जंगलमा मृत्यु भेटिएका कमल ओडको सत्यतथ्य छानबिन गरि दोषीलाई कार्वाहीको माग गरेको छ ।

विप्लव नेकपा भिमदत्त नगरद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ ” पछिल्लो दिनहरूमा बढिरहेका हत्याहिंसा र सामाजिक अपराधका घटनाहरु प्रति हाम्रो नगर पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।यस घटनाको छिटोभन्दा छिटो सत्यतथ्य छानबिन गरि दोषिलाई हदै सम्मको कार्वाहीका लागि कानुनि कटघरामा उभ्याउन जोडदार माग गर्दछौं।

जनताको जिउधनको रक्षा र समाजमा बढिरहेका विकृति विसंगतिहरु जस्तैः जाँड रक्सि, जुवातास र लागुऔषध पुर्णरुपमा नियन्त्रण गर्न सम्बन्धित निकायलाई सचेत गराउदछौँ ।

यस घटनामा मृतक युवा कमल ओड प्रति हाम्रो नगर पार्टीको तर्फबाट भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक संतृप्त परिवारजनहरुमा गहिरो समवेदना व्यक्त गर्दछौं ।”

हिजो( साउन २२ गते) भिमदत्त नगरपालिकाको वार्ड नम्बर ०९ ब्रह्र्मदेव बस्ने २० वर्षीय युवा कमल ओडको ब्रह्र्मदेव नजिकै भारतको जंगलमा शव भेटिएको थियो । विज्ञप्ति:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?