ट्रेन्डीङ्ग

अर्घाखाँचीमा कोरोना संक्रमण वृद्धि भएसँगै ‘तपाईंको मास्क खोइ ?’ अभियान सुरु

अनिल नेपाली, साउन २३, अर्घाखाँची

अर्घाखाँचीमा कोरोना संक्रमण वृद्धि भएसँगै ‘तपाईंको मास्क खोइ ?’ अभियान सुरु गरिएको छ ।

स्वास्थ्य मापदण्डको पालना गरी संक्रमण रोक्न अभियान सञ्चालन गरिएको हो ।

मास्क नलाएका ब्यक्ति भेट्ने बित्तिकै प्रहरीले सोध्ने र उतिखेरै मास्क उपलब्ध गराउने गरेको छ । ‘म पनि मास्क लगाउँछु, अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु’ भन्ने मूल नाराका साथ आजदेखि सदरमुकाम सन्धिखकं बजारमा जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको आयोजनामा ‘तपाईंको मास्क खोई ? अभियान सञ्चालन गरिएको हो ।

जिल्लामा पनि संक्रमण बढ्दै गएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गर्दै यो अभियान सुरु गरिएको प्रहरी नायब उपरीक्षक अम्मर थापाले बताए ।

यो अभियान जिल्लामा रहेका स्थानीय तहहरुले पनि सञ्चालन गरेको उनले बताए ।

उनले कोभिड–१९ को नयाँ भेरियन्ट समेत आइसकेकाले सबै नागरिकलाई अनिवार्य मास्क, भौतिक दूरी तथा व्यक्तिगत सरसफाईमा ध्यान दिन आवश्यक रहेको भन्दै विश्वव्यापी महामारीबाट बच्नको लागि जिल्ला प्रशासन कार्यालयबाट जारी निषेधाज्ञाको पालना गर्न जिल्लावासी आम नागरिकलाई आग्रह गरेका छन् ।

कोरोना संक्रमण बढेसँगै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले भिडभाड,जुलुस तथा र्‍याली गर्न रोक लगाएको छ । जिल्लामा साउन ३० गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । अर्घाखाँचीमा अहिलेपनि ७१० जना सक्रिय संक्रमित छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?