ट्रेन्डीङ्ग

रामपुरनगर सम्मेलन तथा संयुक्त प्रशिक्षण कार्यक्रम सम्पन्न

रुपा सेन, पाल्पा साउन २३ ।
नेपाल कम्युनिस्ट पार्टी रामपुर नगर सम्मेलन सम्पन्न भएको छ । आज रामपुरकाे बेजाड बजारमा भएको प्रतिनिधि परिवेक्षककाे सम्मेलनले नगर सम्पन्न गरेको हा।

सम्मेलनले लंक बहादुर रानालाई सेक्रेटरीमा चयन गरेको हाे । सम्मेलनबाट ११ सदस्यीय कमिटी चयन गरेको छ ।
कार्यक्रममा संयुक्त प्रशिक्षण पनि राखिएको बताईएकाे छ । संयुक्त प्रशिक्षण कार्यक्रममा निस्दि गाँउपालिका र रामपुर नगरपालिकाका प्रतिनिधि र परिवेक्षकहरुलाई अनिवार्य उपस्थिति गराईएकाे बताईएकाे छ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला ईन्चार्ज अपेक्षा,जिल्ला सचिव प्रभातले प्रशिक्षण मुलक मन्तव्य मार्फत पार्टीको रणनीति सम्प्रेषण गर्नु भएको थियोे ।

उक्त कार्यक्रमकाे रामपुर नगर र निस्दि गाँउपालिका ईन्चार्ज मीन बहादुर आलेले अध्यक्षता गर्नु भएको थियो भने कार्यक्रम संचालन अखिल(क्रान्तिकारी)पाल्पा अध्यक्ष लंक बहादुर रानाले गर्नु भएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?