ट्रेन्डीङ्ग

युवा संगठन नेपाल तुलसीपुर-६को वडा भेला सम्पन्न,बि.सिको अध्यक्षतामा १५ सदस्यीय वडा समिति निर्वाचित

हेमन्त वली श्रावण-२३,तुलसीपुर। नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल तुलसीपुर उपमहानगरपालिका-६ को प्रथम वडा भेला सम्पन्न भएको छ।

नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर उपमहानगरपालिका इन्चार्ज बिकाशको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले बिकाश वि.सी.को अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी चयन गरेको छ जसको उपाध्यक्षमा कमल डागी,सचीवमा प्रकाश श्रेष्ठ,सह-सचीवमा इन्द्रजित परियार र कोषाध्यक्षमा वसन्त परियारलाइ चयन गरिएको छ।

प्रथम वडा भेलालाइ सम्बोधन गर्दै नेकपा तुलसीपुर नगर इन्चार्ज बिकाशले परिस्थितिले युवाहरूको काधमा महत्वपूर्ण जिम्मेवारी थपिदिएको बताए।उनले पार्टीको कार्यनीति योजनालाइ मर्मका साथ बोध गरि क्रान्तिको मोर्चामा प्रतिबद्ध भएर लाग्न आग्रह गरे।

इन्चार्ज बिकाशले जनमतसंग्रह मार्फत वैज्ञानिक समाजवाद प्राप्त गर्नुनै सबैखाले समस्याको निर्विकल्प समाधान भएको जिकिर गरे।नेता बिकाशले युवाहरुले दलाल पुजीवाद,वैदेशिक हस्तक्षेप,साम्राज्यवादि हैकम-हस्तक्षेपका विरुद्ध निर्मम संघर्ष गर्नुपर्ने धारणा राखे।
एमसिसी कुनैपनी हालतमा पास हुन नदिन देशव्यापी रुपमा क्रान्तिकारी युवाहरु भीषण संघर्षमा होमिनुपर्ने आवश्यकता रहेको नेता बिकाशको भनाइ थियो।

युवा संगठन नेपाल तुलसीपुर नगर अध्यक्ष खगेन्द्र राणाको अध्यक्षता तथा संचालनमा भएको कार्यक्रममा युवा संगठन नेपाल दाङ जिल्ला अध्यक्ष तुल्सी,नेकपा तुलसीपुर उपमहानगरपालिका-५ का इन्चार्ज इश्वरी,नेकपा तुलसीपुर उपमहानगरपालिका-६ का इन्चार्ज खेमराज,युवा नेता बिरेन्द्रको आतिथ्य रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal