ट्रेन्डीङ्ग

नेकपा नेता’वीरजंग’को थप उपचारका लागि भारत लगियो

साउन २३ काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजंग’को स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि भारत लागिएको छ ।

उनी आज साढे ११ बजेको जहाजबाट उपचारका लागि भारतको म्याक्स अस्पताल गएका छन ।

लामो समय हिरासत बसाईपछि रिहा भएर घर गएपछि उच्च ज्वरो र खोकीको समस्या देखिएको थियो । झण्डै एक महिनाको अवधिमा काठमाडौंको सिभिल अस्पताल र ग्राण्डि अस्पतालमा उपचार गरिएपनि स्वास्थ्य अवस्था थप जटिल बनेपछि डाक्टरको सल्लाह अनुसार भारत पठाइएको उनका भाइ जयन्द्र चन्दले जानकारी गराएका छन् ।

वीरजंगसहित नेकपाका २१ जना नेता–कार्यकर्तालाई प्रहरीले २०७६ असोज ३० गते दाङबाट पक्राउ गरेको थियो । पक्राउपछि उनलाई विभिन्न जिल्लामा प्रहरीले घुमाएको थियो । गत फागुन २१ गते नेकपा सरकारसँग ३ बुँदे सहमति गरेर खुल्ला भएपछि वीरजङ रिहा भएका थिए । तर जेल हिरासत बस्दा नै स्वास्थ्य समस्या देखिएको थियो ।

रिहा भएर घर आएपछि पनि उनको स्वास्थ्य अवस्था सुध्रिएन र काठमाडौंमा उपचार गरिएको थियो । तर स्वास्थ्य अवस्था थप जटिल भएपछि भारत पठाइएको हो । वीरगंज नेकपाका महासचिव विप्लवका सहोदर दाजु हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal