ट्रेन्डीङ्ग

बालाजुको बिस्कुट कम्पनीमा आगलागी

साउन २३ काठमाडौं।                                                 बालाजु औद्योगिक क्षेत्रको एक बिस्कुट कम्पनीमा भीषण आगलागी भएको छ ।

शुक्रबार राति दुई बजेदेखि सुरु भएको आगलागी नियन्त्रणमा आउन नसकेको प्रहरी वृत्त बालाजुले बताएको छ ।

ट्याङ्कर र दमकलको प्रयासमा आगो नियन्त्रणमा लिन नसकेपछि हेलिकप्टरको प्रयोग गरेर आगलागी नियन्त्रणमा लिन गरेको प्रयास पनि असफल भएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार बिहान हेलिकप्टरबाट पानी हालेर आगलागी नियन्त्रणमा लिने प्रयास गरे पनि नियन्त्रणमा आएको छैन । सिम्रिक एयरको हेलिकप्टरबाट आगलागी भएको ठाउँमा पानी हालिएको तर घरभित्रको आगलागी भएकोले नियन्त्रण लिन सम्भव नभएकोले हेलिकप्टर फर्किसकेको छ ।

आगलागनी नियन्त्रण नभएकोले क्षतिको विवरण पनि आइसकेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?