ट्रेन्डीङ्ग

तुइन प्रकरण छानबिनका लागि दार्चुला पुगेको गृह मन्त्रालयको टोलीको विरोध

 

नरेन्द्र कार्की साउन २३ दार्चुला

तुइन प्रकरण छानबिनका लागि दार्चुला पुगेको गृह मन्त्रालयको टोलीको विरोध हुन थालेको छ। छानबिन टोलीले घटनास्थल गस्कु–मालघाट जाँदा आरोपित भारतीय सुरक्षा बल एसएसबीलाई संगसंगै लगेपछि विरोध हुन थालेको हो। एसएसबीले तुइन फुकालिदिएपछि जयसिंह धामी बेपत्ता भएको प्रत्यक्षदर्शी र स्थानीयले बताउँदै आएकोमा गृहको टोलीले मालघाट जाँदा एसएसबीलाई नै साथी बनाएको हो।
‘पत्रकारलाई रोक लगाएर स्थलगत निरीक्षण भयो। जसले अपराध गरे उसैको सहयोगमा छानबिन भयो,’ दार्चुलाका पत्रकार नरेन्द्र कार्कीले सामाजिक सञ्जालमा लेखेका छन्। समाचार स्रोतका अनुसार एसएसबीकै निगरानीमा गृहको टोली घटनास्थल पुगेर जिल्ला सदरमुकाम पुगेको हो।

‘बाटोको नास्ता खर्च पनि एसएसबीले नै तिरे। अब जो आरोपित छ उसैलाई साथी बनाएपछि छानबिन प्रतिवेदन सत्यतथ्य आउला भनेर कसरी विश्वास गर्नु ? यो छानबिनको अर्थ छैन,’ स्रोतले भन्यो। एसएसबीले तुइन काटेको घटनाको छानबिन गर्न भारतको बाटो भएर गएको गृह मन्त्रालयको टोलीविरुद्ध घटनास्थलमा नाराबाजी पनि गरिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?