ट्रेन्डीङ्ग

नेपाल महिला संघद्वारा मुख्यमन्त्री पोखरेललाई कार्वाहीको माग(विज्ञप्ति सहित)

साउन २२ बुटवल।लुम्बिनी प्रदेशसभा सदस्य विमला वली खत्रीलाई मुख्यमन्त्री निवासमा बन्धक बनाइएको घटनामा नेपाल महिला संघले दोषीलाई कानुनको दायरामा ल्याइ कार्वाही गर्न माग गरेको छ ।

महिला संघ रुपन्देहीकि अध्यक्ष गंगा शाहीद्वारा हस्ताक्षरित प्रेश बिज्ञप्तीमार्फत दोषिलाइ कानुनको दायरामा ल्याएर कारबाही गरी पीडितलाई न्यायको अनुभुतीप्रत्याभुति गराउनका लागि सरकारसंग जोडदार माग गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ ‘मुख्यमन्त्री स्वयंम सांसद अपहरण,धम्की र किनवेचको अपराधिक तरिका अपनाउदै सांसदलाई शरीर बन्धक अपहरणमा संलग्न भैरहेको त होईन भनी गम्भिर आशंका जन्माएको छ ।

एकल महिलासमेत रहेकी लुम्बिनी प्रदेशकी सांसद विमला ओलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ५ दिनसम्म बन्धक बनाइएको र विभिन्न कागजपत्रमा जबरजस्ती हस्ताक्षर गर्न लगाएको बिहीबार पत्रकारसमक्ष बयान दिएकी छिन् ।

कसैलाई शारीरिक रूपमा बन्धक बनाउनु र उसको इच्छाविपरीत कागजपत्रमा सही गराउनु सामान्य बयान होइन, मुलुकको फौजदारी कानुन आकर्षित गर्ने गम्भीर घटना हो । विज्ञप्ति मार्फत सरकारलाई कानुनी दायरा मा ल्याई दोषीलाई कार्वाहि गर्न नेपाल महिला संघले विज्ञप्ति मार्फत सरकार संग माग गरेको छ ।विज्ञप्ति:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?