ट्रेन्डीङ्ग

गुल्मीमा तपाईंको मास्क खै अभियान सुरु

गोकर्ण पाण्डे,गुल्मी साउन २२ ।                                गुल्मीमा ‘तपाईंको मास्क खै’ अभियान सुरु गरिएको छ।कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै याे अभियान शुरु गरिएको हाे।जिल्ला प्रशासन कार्यालय गुल्मीले अभियान सुरु गरेको हो ।

कोभिड-१९ को जोखिम बढेको भन्दै गुल्मीमा प्रशासनको अगुवाइमा जिल्ला समन्वय प्रमुख, सुरक्षा निकाय,जिल्लास्थित राजनीतिक दलका प्रमुख विभिन्न कार्यालय तथा सरोकारवालाहरुको अगुवाइमा तपाईंको मास्क खै,काेराेनाकाे माहामारि बाट आफू पनि बचौ अरुलाई पनि बचाऔ, माक्सकाे अनिवार्य रूपमा प्रयाेग गरौ, प्ले कार्ड सहित बजार परिक्रमा गरिएको छ ।

बजारक्षेत्रमा सर्वसाधरण र सवारी चालकलाई मास्क वितरण गर्दै अभियान चलाएको गुल्मी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।

मास्क प्रयोग नगरी हिँड्ने सर्वसाधरणलाई मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुन पानीले हात धुन सचेतमुलक कार्यक्रम गरिएको शर्माले बताइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal