ट्रेन्डीङ्ग

काम नसकिँदै सडक भत्किएपछि विप्लव नेकपाद्वारा कारबाहीको चेतावनी

प्रविण अधिकारी, इलाम २१ साउन ।                              इलाम सदरमुकामको उत्तरी खण्ड र दक्षिणमा कन्याम आसपासको खण्डको सडक बनाएको १५ दिनमै भत्किएपछी नेपाल कम्युनिस्ट पार्टिले चासो लिँदै चेतावनी दिएको छ।

ठेक्का सम्झौता अनुसार काम नभएको पाएपछी सडक डिभिजन कार्यलय इलाममा आज नेकपा इलामका सेक्रेटरी जितमान राई “मौसम”को नेतृत्वमा गएको टोलिले अनियमितता गर्ने कर्मचारिहरुलाई कडा चेतावनी दिएको छ ।

नेकपाका अनुसार यो चेतावनी पहिलो चरणकाे हो । अब आम जनताको बिचमा यो घोटालाको भण्डाफोर गर्ने र भ्रस्ट कर्मचारी र ठेकेदारलाई सडकमा ल्याएर जनकारबाही गरिने समेत सेक्रेटरी मौसमले बताए । उनले यस्तो बदमासी गर्ने बिरुद्ध कारबाहीको निम्ति सबै सरोकारवालाहरु संग समेत सहकार्यको निम्ति पहल गर्ने बताए । उनले भने यस्ता अनियमिता जिल्लामा जताततै भएका छन, हामी काहिँ पनि छाड्नेवाला छैनौँ । उनका अनुसार छिट्टै पार्टिले छानबिन गरेर तथ्य सार्वजानिक गर्ने छ ।

त्यस्तै आजै इलाम पार्टी विद्युत प्राधिकरणको कार्यलयमा गएर विद्युत आपुर्तीमा किन लापरबाही भनेर प्राधिकरणका प्रमुखलाई प्रश्न गर्दै तुरुन्तै सहज आपुर्ती गर्न चेतावनी दिएको छ । विद्युतको सहज आपुर्ती गर्ने प्रतिबद्धता प्राधिकरण प्रमुखले पार्टी समक्ष गरेको सेक्रेटरी मौसमले बताए ।

केही दिनअघि मात्रै नेकपा इलामले पत्रकार सम्मेलन गर्दै भ्रष्टाचार , बेथिति , विसंगति लगायतका विषयमा संलग्नलाई कारबाही गर्ने उल्लेख गरेको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?