ट्रेन्डीङ्ग

नेकपा बारबर्दिया नगरको प्रथम पुर्ण बैंकक सम्पन्न

रमेश प्याकुरेल,साउन २१ बर्दिया ।नेपाल कम्युनिस्ट पाटी , बर्दिया जिल्ला अन्तर्गत बारबर्दिया नगरको प्रथम पुर्ण बैठक बिहीबार सम्पन्न भएको छ। नेकपा बर्दिया जिल्लाको नगर प्रथम पुर्ण बैठक महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको हो।

बैंठक लाई सम्बोधन गर्दै बर्दिया जिल्ला सेक्रेटरी तथा बैंठकका प्रमुख अतिथि गणेश चौधरी पाटिले अघि सारेको नयाँ कार्यनीति योजना जनमतसंग्रह मार्फत बैज्ञानिक समाजवाद प्राप्तिको बारेमा स्पष्ट पार्नुभयो।

उहाले संसदीय व्यवस्था चरम संकटमा पुगेको बताउदै सबै देशभक्त क्रान्तिकारी कम्युनिस्ट सच्चा लोकतान्त्रिकशक्ति विचको सहकार्यको आवश्यक रहेको बताउनु भयो।

एक फरक प्रसंगमा सेक्रेटरी गणेशले संसदीय व्यवस्था स्विकार गरेर वार्तामा आएको भनेर भ्रम सिर्जना नगर्न प्रतिक्रियावादी तत्वहरु दिनरात लागिपरेको बताउनु भयो।उहाँले भ्रनुभयो,हामीले बिद्रोह संसदीय व्यवस्था विरुद्ध गरेका हौ। यो व्यवस्थालाई ध्वस्त गरि छाड्ने बताउनु भयो।

अखिल क्रान्तिकारी विद्यार्थी संगठन बर्दिया जिल्ला इन्चार्ज तथा बारबर्दिया नगर इन्चार्ज लोकेशराज जोशी, अध्यक्षतामा सम्पन्न भयो ।उत्पादनमा जोड दिने निर्णय गर्दै, दलाल पुजीवादी संसदीय व्यवस्थाको विकल्प बैज्ञानिक साम्राज्यवाद स्थापना गर्नुपने बताउनु भयो।

नेकपा बारबर्दिया नगर सेक्रेटरी रमेश बिकले , सञ्चालन गरेका थिए । नगरको प्रथम पुर्ण बैठकले १५ सदस्यीय नगर समिति चयन गरेको लोकेश राज जोशीले बताउनु भयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?