ट्रेन्डीङ्ग

वडा अध्यक्ष नियन्त्रणमा,कुटपिटको आरोप

जाजरकोट,साउन २१                                       जाजरकोटको जुनिचाँदे गाउँपालिका दुईका वडाध्यक्ष रामबहादुर नेपालीमाथि प्रहरीले नियन्त्रणमा लिएको छ । साउन १५ गते स्थानीय सर्पे दमाइलाइ डोरीले बाँधेर कुटपिट गरेको घटनाको अनुसन्धानका लागि उनलाई प्रहरीले सदरमुकाम ल्याइएको छ ।

उनलाई आवश्यक सोधझपुछका लागि जिल्लामा बोलाइएको प्रहरीले जनाएको छ । टाढाको दूरी भएका कारण विभिन्न इलाका प्रहरीको रोहोबरमा उनलाई जिल्ला प्रहरी कार्यालयमा झिकाइएको प्रहरीको भनाइ छ । पीडितलाई पनि प्रहरीले सदरमुकाम बोलाएको छ । पीडितले अहिलेसम्म प्रहरीमा जाहेरी दिएका छैनन ।

पीडितको बयान, घटनाको प्रकृति र भिडियोलाई आधार मानेर कानुनी कारबाही अघि बढाउने प्रहरीको तयारी छ । सर्पे दमाईंले आफ्नो छोराले पाउने सामाजिक सुरक्षा भत्ता बापतको रकम माग गरेका थिए । त्यसपछि विवाद हुँदा वडाध्यक्ष नेपालीसहितका केही व्यक्तिले उनीमाथि डोरीले बाँधेर कुटपिट गरेको स्थानीयले बताएका छन । कुटपिटको घटना प्रहरीको रहोवरमा मिलापत्र भएको विषयमा समेत जिल्ला प्रहरीले छानविन गर्ने भएको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?