ट्रेन्डीङ्ग

नेकपा तानसेन नगरको प्रथम भेला सम्पन्न

मुक्ति गैरे पाल्पा २०७८ साउन २१ 
नेपाल कम्युनिस्ट पार्टी तानसेन नगरको प्रथम भेला सम्पन्न भएको छ । अाज पाल्पाको सदरमुकाम तानसेनमा साे भेला सम्पन्न भएको हाे ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला ईन्चार्ज अपेक्षाले वर्तमान सत्ताले आम नागरिकहरुलाई कुनै सेवा नगरेको र बरु उल्टो भारत,अमेरिकाकाे पुरापुर दलाल बनेर राष्ट्रघाति काम गरेको बताउनुभयो । विदेशीहरुकाे दलाल बनेर उनिहरुकाे सेवा गरेको याे राष्ट्रघाति अपराधी काम गरेर विदेशीहरुकाे सेवा गर्ने तथा अाम नागरिकहरुलाई शाेषण गर्ने दलाल पुँजीवादि संसदीय व्यवस्थालाई जनताहरुले बहिष्कार गरेको जिकिर गर्नु भयो ।


जनताको बहिष्कारमा परेको सत्ता अब असफल सिद्ध भएको हुँदा यसको विकल्पमा अनिवार्य वैज्ञानिक समाजवादी सत्ता स्थापना हुनुपर्ने बताउनुभयो । जुन वैज्ञानिक समाजवादी सत्ताले राष्ट्र र जनताको सेवा गर्न सक्छ,त्यसैले अहिले नेपाल कम्युनिस्ट पार्टीले अगाडि सारेको व्यवस्थाका लागि गरिने जनमत संग्रहबाट वैज्ञानिक समाजवादी व्यवस्थाकाे पक्षमा लागेर जिताउन समेत निर्देशित गरेको बताईएकाे छ ।

यस्तै भेला अतिथि नेपाल कम्युनिस्ट पार्टीका कमरेड सचिव प्रभात,दलित मुक्ति माेर्चा,नेपाल पाल्पाका अध्यक्ष लाल बहादुर ठडराई,नेपाल कम्युनिस्ट पार्टी पाल्पाका जनसेवकका सुकुमार भाैजा,जनपत्रकार संगठन नेपाल पाल्पाका जिल्ला ईन्चार्ज मुक्ति गैरे लगायतको उपस्थिति थियोे भने कार्यक्रमकाे अध्यक्षता सुमन क्षेत्रीले गर्नु भएको थियोे । कार्यक्रम संचालन दिपेश थापाले गर्नु भएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal