ट्रेन्डीङ्ग

नेकपा बर्दिया द्वारा गुलरियामा बिरोध सभा सम्पन्न

रमेश प्याकुरेल बर्दिया १८ श्रावण 
नेपाल कम्युनिस्ट पार्टी बर्दियाले दार्चुलामा तुईन मार्फत महाकाली नदि पार गर्ने क्रममा भारतिय सिमा सुरक्षा बल एसएसबी ले तुईन काटिदिए पछि महाकाली नदिमा खसेर जय सिंह धामी को मृत्यु भएको घटनाको विरोध र्‍याली सहित विरोध सभा सम्पन्न गरेको छ।

नेपाल कम्युनिष्ट पार्टी को केन्द्रिय कार्यक्रम अनुसार गुलरिया बस पार्क देखि सहिद चोक सम्म निस्किएको विरोध र्‍याली राधाकृष्ण चोक पुगेर सभामा परिणत भएको थियो। उक्त घटना नेपाली माथी भारतिय पक्षको क्रूर ज्यादती भएको बताउदै नेकपा केन्द्रिय सदस्य तथा बाँके/बर्दिया इन्चार्ज दिपक चलाउने (उदय ) ले नेपाली माथि हुने यस्ता प्रकारका ज्यादती तत्काल बन्द गर्न चेतावनी समेत दिएका छन । उक्त बिरोध सभा कार्यक्रमको संचालक विशेष कमिटी सदस्य कमरेड बिकास ले गरेका थिए भने कार्यक्रममा जिल्ला सेक्रेटरी गणेश चौधरी, अखिल क्रान्तिकारी बर्दिया जिल्ला इन्चार्ज लोकेश राज जोशी, गुलरिया नगर इन्चार्ज कमरेड धर्ती,बासगढी नगर इन्चार्ज कमरेड शक्ति,बडैयाताल गाउँपालिका इन्चार्ज कमरेड राजेन्द्र,अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष हरि प्याकुरेल, मधुबन नगर सचीव चक्र थापा,राजापुर नगर सचीव दिनेश शर्मा लगायत सयौं जनसमुदायको उपस्थिति रहेको थियो ।

साथै नेकपाले लिपुलेक कालापानि सुस्ता नेपालि भु -भाग भएकोले भारतिय पक्ष लाई उक्त भु-भाग छोड्न समेत आग्रह गरेको छ। नेकपा बर्दिया को आयोजना गरेको विरोध र्‍यालिमा भारतिय साम्राज्यवाद- मुर्दावाद! जय सिंह धामिलाइ न्याय दे! नेपाल र नेपाली माथी भएको हत्या हिंसा बन्द गर! १९५० का असमान सन्धि सम्झौता खारेज गर! घटना संलग्न दोषिलाई कारबाही गर! दलाल संसदिय ब्यबस्था मुर्दाबाद! एकीकृत जनक्रान्ती जिन्दाबाद!बैज्ञानिक समाजबाद जिन्दावाद ! नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद! जस्ता नारा गुञ्जिएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?