ट्रेन्डीङ्ग

रौतहटको घिउरा टोलका १५० परिवारलाई राहत वितरण

इसत्याक अहमद कार्तिक ८ रौतहट ।
बिश्व अहिले करोना भाईरसले आक्रान्त बनेको छ हिन्दु हरुको चाड पर्व मनाउन केहि सहज हो भनी बिहान बेलुका छाक टार्न दुख भएको १५० परिवार काठमाण्डौंमा रहेको HRR र Helping hand Contriy तथा Hesra Nepal नामक गैरसरकारी संस्थाले रौतहटको इसनाथ नगरपालिका वडा नं ०७ घिउरा टोलमा राहत वितरण गरेको छ ।
हाम्रो देश नेपालमा पनि संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ भाइरसलाई थप फैलन नदिनका लागि सरकारले लकडाउनको घोषणा गरी पटक पटक सो लकडाउन लम्बाउने कार्य गरेको छ ।
यसै संगै मुलुकको आर्थिक अवस्था पनि खस्दै गएको देखिन्छ।
मजदुर गरिब बिपन्नको जीवन शैली पिडादायी र कष्टकर बन्दै गएको स्थित छ।
त्यसमा पनि भएका व्यक्तिहरू अवस्था झन् कष्टकर बनेको छ ।यसै संगै स्थानीय सरकार देखि एनजीओहरूले राहत र सहयोग गर्न लागि परेका छन्।
काठमाण्डौंमा रहेको HRR र Helping hand Contriy तथा Hesra Nepal नामक गैरसरकारी संस्थाले रौतहटको इसनाथ नगरपालिका वडा नं ०७ घिउरा टोलमा सबै मजदुर गरिब एकल महिला,बिपन्न ,दलित ,भएका व्यक्ति र चुल्हो बल्नै गाह्रो परेका अति विपन्न परिवार छनौट गरी जम्मा १५० जान परिवारलाई खाद्यान्न उपलब्ध गराएको ।
राहतमा बितरण गरेको छ । एक परिवार बराबर २० किलो चामल, २ किलो दाल, २ लिटर खानेतेल, २किलो चिउरा १ पोका नुन १सोवाविन प्रदान गरिएको hrrd का Director
ईरफान पोखरेल र helping hand Contriy Director खालिद मुहसिन र Hesra Nepalका कार्यकारी निर्देशक जिया खानले जानकारी दिए ।
प्रतिनिधि युवा समाजसेवी मोहम्मद सदरे अालम नेपाल कम्निष्ठ पार्टी नेपालको मुस्लिम संगठन प्रदेश नं २का कमिटी स्दसय मौलाना मो.सगिर चतुर्वेदी मौलाना मोहम्मद सनाउल्लाह नदवी मो.मतिउल्लाह शेख मेराज खान पत्रकार बुद्धिजीवी युवा समाजसेवी लगायतको उपस्थित भएका थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?