ट्रेन्डीङ्ग

विप्लव नेकपाद्वारा जयसिङ धामिको घटना विरुद्ध नवलपरासीमा बिरोध,दोषीलाई कार्वाहीको माग

साउन १८ परासी                                                     विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पश्चिम नवलपरासीको रामग्राममा बिरोध प्रदर्शन गरेको हो।

भारतीय बाटो हुदै दार्चुलाको सदरमुकाम जाँदै गर्दा महाकाली नदि तर्ने क्रममा भारतीय सिमा सुरक्षा बल (एसएसबि )ले तुइनको तार काट्दा नदिमा बेपत्ता भएका जयसिङ धामीको घटना विरुद्ध नवलपरासीमा बिरोध प्रदर्शन गरेको हो ।

रामग्राममा भएको कार्यक्रमलाई नेपाल कम्युनिस्ट पार्टी पश्चिम नवलपरासीको जनसरकार प्रमुख रामप्रीतले सम्बोधन गर्नुभएको थियो । दार्चुलामा भएको घटना घोरभ्रसना गर्दै सत्यतथ्य सार्वजनिक र दोषीलाई कार्वाहीको मागको माग गर्नु भएको छ । रामप्रीतले सरकारको उदासीनताले भारतीय हेपहा प्रवती हावी भएको बताउदै उहाले भन्नू भयो संसदिय व्यवस्था कायम रहुन्जेल जनताले दुख पाइरहने र जयसिह धामिको जस्तै घटना नघटला भन्न नसकीने भन्दै अबको नेपाली जनताको भाग्य र भविष्यकाे बाटो बैज्ञानिक समाजवादकाे बाटो रहेकाे ठाेकुवा गरे। यस्ता घटना नेपालीलाइ सह्य नहुने भन्दै सबै जनताले यसको विरोध गर्नुपर्ने बताए।

उक्त कार्यक्रमलाई संचालन नेकपा जिल्ला सदस्य बिजयले गर्नु भएको थियो। कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य लगायत नेताकार्यकर्ता कार्यक्रमको उपस्थिति रहेकोे नेकपा जिल्ला सचिवालय सदस्य प्रतापले जानकारी दिनु भयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?