ट्रेन्डीङ्ग

नेकपा कैलालिले तुइनको तार काट्दा बेपत्ता भएका धामिको घटना विरुद्ध अत्तरिया र टिकापुरमा प्रदर्शन

साउन १८ कैलाली,

नेपाल कम्युनिस्ट पार्टी कैलालीले महाकाली नदि तर्ने क्रममा भारतीय सिमा सुरक्षा बल (ssb )ले तुइनको तार काट्दा नदिमा बेपत्ता भएका जयसिङ धामी को घटना विरुद्ध कैलालीको अत्तरिया र टीकापुरमा प्रदर्शन गरेको छ ।

अत्तरियामा भएको कार्यक्रम लाई नेपाल कम्युनिस्ट पार्टी कैलाली जिल्ला सेक्रेटरी युवानेता दीपेन्द्र चलाउने ( संगम ) ले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै संगम ले भारतीय सिमा सुरक्षा बल ( ssb) द्वारा हत्या गरिएका युवा जयसिङ धामिलाई तत्काल सहिद घोषणा गर्न माग गर्नु भएको थियो । भारत र नेपाल समान देश भएकाले भारतले नेपाल प्रती गर्ने ब्यबहार सच्याउन पर्ने र नेपाल सरकारले पनि उक्त घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बिषयमा जोड दिनु भएको थियो । दार्चुला घटना यो दलाल संसदीय ब्यबस्था, सरकार र संसदवादी दल हरुको नालायकी पनकै उपज भएकाले अब बैज्ञानिक समाजवादी व्यवस्था का निम्ति जनमतसंग्रहमा जानुपर्ने भन्दै आमजनसमुदाय लाई ब्यबस्था परिवर्तनको आन्दोलनमा सरिक हुन अपिल गर्नुभएको थियो ।

र्याली अत्तरिया बजार परिक्रमा गरि चोकमा सभामा परिणत भएको थियो । उक्त कार्यक्रमलाई संचालन रमेश साउदले गर्नु भयको थियो । यस्तै टिकापुरमा भएको कार्यक्रमलाई दिलबहादुर साउदले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै साउदले सरकार सिमा सुरक्षा र सिमा क्षेत्रका जनताको समस्याका बिषयमा गम्भीर नभएकै कारण जयसिङ जस्ता युवाहरूले अकालमा ज्यान गुमाउनु परेको बताउनु भएको थियो । उक्त कार्यक्रमलाई संचालन हृदय बोगटीले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?