ट्रेन्डीङ्ग

जयसिंह हत्याका विरूद्व स्याङ्जामा नेकपाकाे विरोध प्रदर्शन

सुदिप भट्टराई,१८ साउन स्याङ्जा                                  नेत्र विक्रम चन्द ” बिप्लव ” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी स्याङ्जाले दार्चुलामा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मी (एसएसबी )ले तुइन काट्दा भएको जयसिंह धामी मृत्यु प्रकरणमा भारतीय हस्तक्षेपका विरूद्व विरोध प्रदर्शन गरेको छ ।

स्याङ्जाको वालिङ नगरपालिका स्थित वालिङ बजारमा नेपाल कम्युनिस्ट पार्टी स्याङ्जाले जयसिंह धामि हत्या प्रकरणमा विरोध प्रदर्शन गरेको हाे ।

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय आयोजना अन्तर्गत भएको उक्त विरोध प्रदर्शन कार्यक्रममा प्ले कार्ड ,साथै जयसिंहलाई न्याय दे, भारतीय साम्राज्यवाद मुर्दावाद, नेपाल र नेपाली माथि भएको हत्या हिंसा बन्द गर , बैज्ञानिक समाजवाद जिन्दावाद, राष्ट्रघाति एमसिसी सम्झौता मुर्दावाद लगायतका नारा लगाइएको थियोे ।

उक्त कार्यक्रममा नेकपा स्याङ्जा जिल्ला सदस्य तथा वालिङ नगरपालिका इन्चार्ज सागरले सम्बोधन गर्नुभएको थियो । सम्बोधनको क्रममा उहाँले भारतीय सेनाबाट भएको यस्तो खालको अमानवीय घटना निन्दनीय रहेको र यस्तो घटनाको कडा बिरोध र प्रतिकार गर्नु पर्ने बताउनु भयो।त्यस्तै उहाले घटना को बास्तबिकता छानबिन गरि दोषी लाई कडा कारबाही गर्न र पीडित लाई न्याय दिन आग्रह गरे।

यस्तै उत्त कार्यक्रमको संचालन युवा संगठनका स्याङ्जाका अध्यक्ष मक्कन गुरुङले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?