ट्रेन्डीङ्ग

दलित मुक्ति माेर्चा,पाल्पाको बैठक सम्पन्न

मुक्ति गैरे,पाल्पा, साउन १६ ।नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति माेर्चा,पाल्पाको बैठक सम्पन्न भएको छ।

तानसेनमा सम्पन्न बैठकले जातीय छुवाछूत तथा सामाजिक अपराधका विरुद्धमा संघर्ष गर्ने,संगठन बिस्तारलाई व्यापक बनाउने,माेर्चाकाे राष्ट्रिय सम्मेलन सम्पन्न बनाउन जिल्लामा तयारी अभियान संचालन गर्ने लगायतका महत्त्वपूर्ण निर्यण गरिएको माेर्चाका केन्द्रीय सदस्य निशान विकले बताउनुभयो ।

साे बैठकमा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिव प्रभात प्रमुख अतिथि,अतिथिहरु माेर्चाका केन्द्रीय सदस्य तथा पाल्पा ईन्चार्ज निशान विक,अखिल(क्रान्तिकारी) पाल्पा अध्यक्ष लंक बहादुर राना लगायतको उपस्थिति रहेको थियोे भने कार्यक्रमकाे अध्यक्षता एवम् संचालन लालबहादुर ठडराईले गर्नु भएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal