ट्रेन्डीङ्ग

नेपाल कम्युनिस्ट पार्टी बर्दियाद्वारा जयसिंह धामी हत्याको विरुद्धमा विरोध प्रदर्शन

रमेश प्याकुरेल,साउन १६ बर्दिया ।नेपाल कम्युनिस्ट पार्टी बर्दिया शनिवार जिल्लाको गुलरिया मा बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ।

श्रावण १५ गते शनिबार दार्चुलाको व्यास गाउँपालिका-२ मालगाउँका ३५ बर्षिय जयसिङ धामीलाई भारतिय सिमा सुरक्षा बल(SSB) ले तुइन तोडेर महाकाली नदिमा खसाएर बेपत्ता बनाएको घटनाको बिरोधमा प्रदर्शन गरिएको थियो।

बिरोध प्रदर्शन पछिको सभालाइ सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका गुलरिया नगर सेक्रेटरी घर्तीले भारतिय साम्राज्यवादि द्वारा नेपाल र नेपाली जनता माथिको ज्यादतीको घोर निन्दा गरे। उनले जयसिंह धामीका हत्यारालाइ कारवाही गर्न र नेपाली जनताको शान्ती-सुरक्षा कायम गर्न संसदवादीहरुले नसकेको बताए।नेता ,”जयसिंह धामीको हत्यारालाई राज्यले कार्वाही नगरे हामी गर्छौं”।

नगर इन्चार्ज घर्ती आफुहरु नेपाली भुमिमा खरानी हुने तर भारतिय साम्राज्यवाद विरुद्ध निरन्तर डटेर लड्ने उद्घोष गरे। यो व्यवस्थाबाट जनता र रास्ट्रको रक्षा सम्भव नभएको भन्दै यो व्यवस्थालाई ध्वस्त गर्नैपर्ने धारणा राखे। आफ्नो पार्टीलाई समुल नष्ट गर्ने उदेश्य सहित प्रतिबन्ध लगाएको नेता घर्ती को भनाइ थियो।तीन बुदे सहमति बारे भ्रममा नपर्न र यो सहमति दिल्लीबाट निर्देशित नभएको बरु आफ्नै बिबेकले नेपाल र नेपाली जनताको बिचमा गरिएको नेता घर्तीले बताए।कार्यक्रमका प्रमुख बक्ता समेत रहेका नेता घर्तिले बैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापनाका लागि पार्टीले जनमतसंग्रह मार्फत व्यवस्था चुन्ने अधिकार जनतालाइ दिने राजनितिक कार्यनीति लिएको बताए।उनले भने,”संसदावादिहरु हामिलाइ जनमत देखि अत्तालिन्छन भन्छन,त्यसोभए आउनुस व्यवस्था छान्ने अधिकार जनतालाइ दिउ”।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर सचीव पदमले संसदवादी दलहरु भारतिय गुलाम,साम्राज्यवादिहरुका दास भएकाले घटनाको विरुद्ध चुइक्क बोल्न नसकेको बताए।उनले आफुहरु जनताको अधिकार,राष्ट्रियता,स्वाधीनताको पक्षमा संघर्ष गरेकाले नै दलालहरुले आफुहरुलाइ प्रतिबन्ध लगाएको बताए।

पदमले जयसिंह धामिलाई बेपत्ता बनाउनेलाई छानबिन गरि कार्वाही नगरे देशव्यापी कडा संघर्ष गर्ने उद्घोष गरे।उनले भने,”हामी चुप लागेर बस्दैनौ,कि तपाइहरु कार्वाही गर्नुस नत्र हामी गर्छौं”।नगर सचीव पदमले राष्ट्रघाती एमसिसी सम्झौता पास गर्ने दुस्साहस नगर्न चेतावनी दिए।उनले एमसिसी पास भए नेपालमा अर्को बिद्रोह हुने जिकिर गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) विद्यार्थी संगठन का बर्दिया जिल्ला इन्चार्ज लोकेश जोशी, भारतिय साम्राज्यवादले यो देशलाइ निल्ने सपना नदेख्न चेतावनी दिइन। उनले विरता र गौरबको प्रतीक भनेर चिनिने देशमाथी भारतको नांगो हस्तक्षेप अस्वीकार्य भएको बताइन।

सिमा अतिक्रमण,सिमानाका बासिन्दामाथि ।बिरोध प्रदर्शन पछिको सभाको सहजीकरण नेपाल कम्युनिस्ट पार्टी गुलरिया नगर इन्चार्ज घर्तीले गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal