ट्रेन्डीङ्ग

विप्लव नेकपा चितवनद्वारा बिरोध सभा,जयसिह धामिको घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग

केशवराज भट्टराई ,साउन १८ चितवन । नेपाल कम्युनिस्ट पार्टी चितवनले दार्चुलामा तुईन मार्फत महाकाली नदि पार गर्ने क्रम भारतिय सिमा सुरक्षा बल एसएसबीले तुईन काटिदिए पछि महाकाली नदिमा खसेर जय सिंह धामिको मृत्यु भएको घटनाको विरोधमा बिरोध र्‍याली सहित सभा सम्पन्न गरेको छ।

नेकपाको केन्द्रिय कार्यक्रम अनुसार भरतपुरको चौबीसकोठिबाट निस्किएको विरोध र्‍याली विरेन्द्र क्याम्पस गेटमा पुगेर सभामा परिणत भएको थियो। नेकपाले यश घटना नेपाली माथी भारतिय पक्षको क्रूर ज्यादती भएको बताएको बताउदै सिमामा नेपाली माथि हुने यस्ता प्रकारका ज्यादती तत्काल बन्द गर्न चेतावनी दिएको छ।

साथै नेकपाले कालापनी ,लिपुलेक, लिम्पियाधुरा, सुस्ता नेपालि भुभाग भएकोले भारतिय पक्ष लाई उक्त भु-भाग छोड्न समेत आग्रह गरेको छ। नेकपा चितवनले आयोजना गरेको विरोध र्‍यालिमा भारतिय साम्राज्यवाद- मुर्दावाद! नेपाल कम्युनिस्ट पार्टी -जिन्दावाद ! जय सिंह धामिलाइ न्याय दे! नेपाल र नेपाली माथी भएको हत्या हिंसा बन्द गर! घटना संलग्न दोषिलाई कारबाही गर। जस्ता नारा गुञ्जिएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal