ट्रेन्डीङ्ग

विप्लव नेकपाद्वारा दार्चुला घटनाको बिरोधमा पोखरामा प्रदर्शन

साउन १६ कास्की । भारतिय सिमा सुरक्षा बल (SSB)द्वारा दार्चुलाका जयसिङ धामीलाई तुइन तोडेर महाकाली नदिमा वेपत्ता बनाइ हत्याको बिरोधमा नेपाल कम्युनिस्ट पार्टी कास्किले पोखराको सृजना चोकमा बिरोध प्रदर्शन गरेको छ ।

साउन १५ गते भारतीय बाट हुँदै सदरमुकाम जाँदै गर्दा महाकाली नदिमा तुइन तोडेर वेपत्ता गरिएको थियो बिरुद्ध नेकपाले कास्कीमा बिरोध प्रदर्शन गरेको हो। बिरोध प्रदर्शन पछीलाई सम्बोधन गर्दै नेकपा जिल्ला सदस्य एवं अखिल क्रान्तिकारीका कास्कीका जिल्ला अध्यक्ष अटल शर्माले ओलि सत्तामा आउने बित्तिकै २ ओलि सत्तामा आउने बित्तिकै २ बर्ष पछि तुइन अन्त्य गर्छु भन्यो तर आज झन्डै ४ बर्ष पछि भारतले तुइन काटेर हत्या गर्यो । त्यसैले संसदिय व्यवस्था बोल्ने एउटा र गर्ने अर्को भन्ने कुरा प्रमाणित भएको छ ।

अटलले हामी गोबिन्द गौतमको हत्या गर्दाबोल्यौ,देवनारायण शाह लाई गिरफ्तार गर्दा बोल्यौ,लिपुलेक कालापानीको बिषयमा बोल्यौ,नेपालको इतिहासमा सिमानामा काडेतार लगाउने पहिलो पार्टी नेपाल कम्युनिस्ट पार्टी हो ।त्यसैले नेपालको रास्ट्रीय स्वाधीनताको रक्षक नेकपा हो भन्ने कुरा घटनाक्रमले पुस्ट्री गरेको छ ।

दिन दिनै सिमानामा भारतीय सम्राज्यवादले दादागिरी देखाउदा पनि चुक्क नबोल्ने नेपालको शासकहरु र लेण्डुपहरु एकै हुन् त्यसैले पुजीवाद लेण्डुप जन्माउने व्यवस्थाहो त्यसकारण यसलाइ ध्वस्त गर्दै हामी बैज्ञानिक समाजवादी व्यवस्थाको निर्माणमा जुट्नुपर्छ बताए ।

अटलले फरक प्रसगमा बोल्दै “हामी भारत जस्तो चिनले २० जना भन्दा बढी सैनिकको हत्या गर्दा मौन बस्ने हामी होइनौ भारत इस्ट ईन्डिया कम्पनीको दास हुदा समेत हामी स्वाधीन थियौ । आजपनी हाम्रा गोर्खा सैनिकले तिम्रो देशको रक्षा गर्न परेको छ ।हामी भक्ती र अमरसिह बलभद्रका सन्तान हौ ,हामी हाम्रो शरीरमा एक थोपा रगत रहदा सम्म हाम्रो देशको लागि लड्नेछौ मोदि र नरवाने लाई तुरुन्तै नेपाल सामु माफी माग्न र जयसिह धामीको हत्यारा लाई कारबाही गर्न चेतावनी दिन्छौ अटलले भने।

बिरोध कार्यक्रमको संचालन अखिल क्रान्तिकारी पिएन क्याम्पस अध्यक्ष उपेन्द्र परियारले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal