ट्रेन्डीङ्ग

विप्लव नेकपा डोटीको पार्टी सम्पर्क कार्यलय सिलगढीमा स्थापना

साउन १६ डोटी ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी डोटिले सिलगढिमा पार्टी सम्पर्क कार्यलय स्थापना गरेको छ ।

नेकपा डोटीको जिल्ला सम्पर्क कार्यालय सिलगढी डोटीमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज डबल बहादुर शाह (प्रशान्त)ले रिबन काटेर कार्यलयको उदघाटन गरेका हुन ।

नेकपा जिल्ला सेक्रेटरी निलम ओलीले अध्यक्षतामा भएको कार्यक्रमको संचालन नेकपा सदस्य कृष्ण बहादुर बोहराले गर्नु भएको श्रोतले बताएको छ ।

कार्यक्रम नेकपा(माओवादी केन्द्र)जिल्ला संयोजक जंग विक,स्थानीय नेताकार्यकर्ता र नेकपा जिल्ला सदस्यहरु उपस्थित रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?