ट्रेन्डीङ्ग

परोपकार यूवा समाजको पहिलो बार्षिकउत्सवमा देशैभर द्वीपप्रज्वलन

हलिम खाँन साउन १५ अर्घाखाँची ।
परोपकार यूवा समाज, नेपालको पहिलो बार्षिकउत्सव देशका बिभिन्न स्थानहरुमा दिप प्रज्वलन एवं शुभकामना आदान प्रदान गरी मनाइएको छ ।

केन्द्रीय कार्यक्रम अनुसार परोपकार यूवा समाज अर्घाखाँचीले पनि पहिलो बार्षिकउत्सव को अवसरमा विश्व माहामारीको रुपमा फैलिएको कोरोना (कोभिड–१९) लाई मध्यनजर गर्दै भैतिक दुरी कायम गरी शान्ती बगैचामा दिप प्रज्वलन कार्यक्रम सम्पन गरेको छ । साथै पाणिनी गाउँपालिकामा पनि दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरीएको ।

दिप प्रज्वलन कार्यक्रममा संस्थाका अध्यक्ष हलिम खाँन, संस्थाकी सचिव सरू सुनार, सदस्य विक्रम नेपाली संस्थाका केन्द्रीय प्रेस सल्लाहकार तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य प्रेम नारायण आचार्य , नेपाल पत्रकार महासंघ जिल्ला सह– सचीव अनिल नेपाली, कोषाध्यक्ष रुद्रमणी भुसाल, लगाएतका पत्रकारहरुको उपस्थिति रहेको थियो ।

यस्तै इटहरीमा पनि दिप प्रज्वलन कार्यक्रम गरीएको छ । संस्थाको केन्द्रीय अध्यक्ष सुभद्रा संग्रौला, केन्द्रीय सल्लाहकार रोबन राज कार्कि, खगेन्द्र प्रसाद राइ लगाएतको उपस्थिति रहेको केन्द्रिय अध्यक्ष सुभद्रा संग्रौलाले जानकारी दिइन ।

भौतिक रुपमा दिप प्रज्वलन लगायतका विविध कार्यक्रम देशै भरी रहेको संस्थाका केन्द्रीय महासचिव भिम बिसीले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal