ट्रेन्डीङ्ग

विप्लव नेकपा दाङद्वारा सहिद महानको परिवारसंग भेटघाट

हेमन्त वली दाङ साउन -१४ ।

नेपाल कम्युनिस्ट पार्टी दाङले एकीकृत जनक्रान्तीका सहिद गोकुल राणा(महान)को परिवार संग भेटघाट/अन्तरक्रिया गरेको छ।


नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितल,नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिप,नेकपा लमही नगर इन्चार्ज जनक,नेकपा बबइ गाउपालिका इन्चार्ज प्रतिरोध,नेकपा दाङ जिल्ला सदस्य राजकुमार,अखिल(क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष अमर लगाएत पार्टीका स्थानीय नेता-कार्यकर्ता सहित सहिद परिवार बिच अन्तरक्रिया कार्यक्रम भएको हो।

शुक्रवार भएको अन्तरक्रिया कार्यक्रममा सहिद परिवारले पार्टीको आह्वानमा सहिद हुने महान सहिदहरुको उच्च बलिदानको सम्मान गरिरहनुपर्ने बताएका थिए। कार्यक्रममा सहिद परिवार,स्थानिय बासिन्दाले जनयुद्धका सहिद परिवारलाई प्रचण्ड-बाबुरामहरुले चटक्कै भुलेको,महान लक्ष्य र उदेश्यबाट भागेको जस्तो नगर्न नेताहरुलाइ सुझाव दिएका थिए।


अन्तरक्रिया कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत बैज्ञानिक समाजवाद प्राप्तिको बाटोमा उच्च सहादत प्राप्त गर्ने सहिदहरुलाइ पार्टीले उच्च सम्मान गर्ने बताए। इन्चार्ज शितलले सहिदहरु जुन उदेश्य,लक्ष्य प्राप्तिको लागि बलिदान गर्नुभयो त्यो लक्ष्य,उदेश्य प्राप्तिको लागि आफुहरु खरानी हुन तयार भएको तर झुकेर सम्झौता नगर्ने बताए।उनले भने,” कमरेडहरुले बैज्ञानिक समाजवाद प्राप्तिको लागि बलिदान दिनुभयो,बैज्ञानिक समाजवाद प्राप्तिका लागि हामि पनि सहिद बन्न तयार छौं”।इन्चार्ज शितलले पार्टीले सहिद परिवारको सबै ब्यवस्थापन गरिरहेको र गरिरहने प्रतिबद्धता व्यक्त गरेका हुन।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय कार्यालयको निर्णय अनुसार सहिद परिवारलाइ रु.२५०००(पच्चीस हजार)नगद प्रदान गरिएको थियो।
भेटघाट/अन्तर्क्रीया कार्यक्रमको सहजीकरण नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपले गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal